कार्तिक ११, २०८३ बुधबार October 28, 2026

ऋतिक रोशनको फाइटरको पहिलो दिनको कमाई २५ करोड, वार र ब्याङ ब्याङ भन्दा कम

फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, १२ माघ ।  ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ । समीक्षकदेखि दर्शकसम्म फिल्मको तारिफ भइरहेको छ । फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ । फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

यसैबिच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स अफिस कलेक्शन सार्वजनिक भएको छ । जसमा फाइटरले पहिलो दिनमा राम्रो सुरुवात गरेका छन् । तर, २०२३ का धेरै ठूला फिल्मको तुलनामा फाइटरको ओपनिङ भने सानो रहेको छ ।

सैकनिल्ककाअनुसार ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको फिल्म फाइटरले पहिलो दिन २५ करोडको ओपनिङ गरेको छ । यी वर्तमान अनुमानित तथ्याङ्क हुन्, जुन भविष्यमा परिवर्तन हुन सक्छन्  ।

तर, यस्तो अवस्थामा ऋतिक रोशनको अघिल्लो एक्शन फिल्म वार र ब्याङ ब्याङको तुलनामा फाइटरको ओपनिङ सानो मानिएको छ ।  किनभने,  वारले पहिलो दिन ५३ करोडको ओपनिङ गरेको थियो भने बैंग ब्याङले पहिलो दिन २७ करोड कमाएको थियो ।

फाइटर अघि सिद्धार्थ आनन्दले निर्देशन गरेका पठानले पहिलो दिन बक्स अफिसमा ५० करोडभन्दा बढीको ओपनिङ गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार