कार्तिक ११, २०८३ बुधबार October 28, 2026

तान्या अघि बबीले गरेका थिए अर्की अभिनेत्रीसँग इन्गेजमेन्ट तर टुटयो

...तर केही समय पछि फिल्म भन्दा पहिले बबी पनि आफ्नो अफेयरका कारण चर्चामा आउन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बइ, १४ माघ । बलिउडमा सम्बन्ध बिग्रनु कुनै नौलो कुरा होइन । बी–टाउनमा हरेक दिन नयाँ र टुटेको सम्बन्धको खबर आउँछ।

तर, आज हामी तपाईंलाई बबी देओल र अभिनेत्री नीलमको सम्बन्धसँग जोडिएको कथा बताउन गइरहेका छौँ । बबी देओल र नीलम आफ्नो समयका सफल कलाकार हुन् । बबीको अभिनय अहिले पनि चर्चित छ तर के तपाईलाई थाहा छ यी दुईबीचको सम्बन्ध थियो ? आज दुबै आ–आफ्नो दाम्पत्य जीवनमा खुसी छन् तर कुनै बेला उनीहरुको सम्बन्ध ५ वर्षसम्म चलेको थियो ।

बबीको फिल्मी करियर सन् १९९५ मा आएको फिल्म ‘बरसात’ बाट सुरु भएको थियो । यस फिल्मका निर्देशक राजकुमार सन्तोषी थिए । यो फिल्मले बलिउडमा सफलता हासिल गर्यो र देओल परिवारबाट आएका बबीलाई मानिसहरूले चिन्न थाले। बबीले आफ्नो फरक शैली, अभिनय र नृत्य कौशलले मानिसको मनमा आफ्नो ठाउँ बनाएका थिए ।

तर केही समय पछि फिल्म भन्दा पहिले बबी पनि आफ्नो अफेयरका कारण चर्चामा आउन थालेका थिए । उनको सम्बन्ध ८० र ९० को दशककी अभिनेत्री नीलमसँग सुरू भयो । यी दुईबीचको सम्बन्ध करिब ५ वर्षसम्म चलेको थियो, जसको समयमा निकै चर्चा पनि भयो ।

जब उनीहरु दुबै अलग भए, तब यस सम्बन्धमा विभिन्न खबरहरु आए । बबी र नीलमको सम्बन्ध तेस्रो व्यक्तिको कारणले भएको भन्ने धेरै पटक भनिएको थियो । यसबाहेक बबीको नाम पूजा भट्टसँग पनि जोडिएको थियो ।

अभिनेत्री निलमले एक अन्तर्वार्तामा बबी र आफूबीचको सम्बन्धबारे खुलासा गर्दै छुट्टिने कारण बताइन् । नीलमले अन्तर्वार्तामा भनिन्,  ‘हो, यो सत्य हो कि बबी र म हाम्रो सम्बन्धबाट अलग भएका छौं । मलाई मेरो व्यक्तिगत जीवनको बारेमा धेरै कुरा गर्न मन लाग्दैन। यद्यपि, मलाई विश्वास छ कि यस सम्बन्धको बारेमा धेरै गलत फहमीहरू र आधारहीन अफवाहहरू छन्। आज म यी सबै भ्रमको अन्त्य गर्न चाहन्छु। मानिसहरूले कुनै पनि झूटा कुरामा विश्वास गरोस् भन्ने म चाहन्न। पूजा भट्टको कारणा सबन्धन टुटेको भन्ने बारेमा धेरै कुराहरु भइरहेका छन् तर यो सत्य होइन ।’

निलमले अगाडी भनेकी थिइन,  ‘हाम्रो सम्बन्ध टुट्नुमा कुनै केटीको हात थिएन । यो हाम्रो आफ्नै साहसी निर्णय थियो, जुन हामी दुबैले आपसी सहमतिमा लिएका थियौं।

नीलमले भनिन्, ‘म उहाँसँग कहिल्यै खुसी हुन सक्दिनँ भन्ने महसुस गरेँ, यद्यपि यो महसुस गर्न मलाई पाँच वर्ष लाग्यो । वास्तवमा, मलाई लाग्छ कि यो मैले अहिलेसम्म गरेको सबैभन्दा स्मार्ट निर्णय हो। मेरो यो निर्णयबाट मेरो परिवार खुसी छ । अब म मेरो जीवनमा अन्य चीजहरूमा मेरो ध्यान केन्द्रित गर्न सक्छु। मैले बेवास्ता गरेको कुराहरू म ख्याल गर्नेछु। अगाडि बढ्न धेरै छ र म नयाँ जीवन सुरु गर्न चाहन्छु।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार