कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘१२ वीं फेल’ फिल्मफेयरमा हावी, रणवीर–आलियाले जिते उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड (सुची)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बइ, १५ माघ । आइतबार गुजरातको गान्धी नगरमा ६९औँ फिल्मफेयर अवार्डको आयोजना गरिएको थियो ।

यस पटक करण जोहर र मनिष पलले शो होस्ट गरेका थिए। वरुण धवन, जान्हवी कपूर र करीना कपुर खानजस्ता धेरै सेलिब्रेटीहरू उनीहरूको अभिनयबाट प्रभावित भएका थिए ।  यस वर्ष कुन विधामा कसले जिते अवार्ड ?

यो सुचीमा पहिलो नाम बलिउड अभिनेता रणवीर कपुरको छ । ‘एनिमल’मा उत्कृष्ट अभिनयका लागि रणवीरले उत्कृष्ट अभिनेताको अवार्ड पाएका थिए । जहाँ फिल्म  ‘रकी और रानी की प्रेम कहानी’ बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् ।

सर्वश्रेष्ठ निर्देशक

यस पटक फिल्मफेयर अवार्ड २०२४ मा ‘१२ वी फेल’ थियो। यस कल्ट फिल्मका लागि विधु विनोद चोपडालाई उत्कृष्ट निर्देशकको अवार्ड दिइएको थियो ।

उत्कृष्ट सहायक अभिनेता पुरुष

उनले शाहरुख खानको सुपरहिट फिल्म  ‘डंकी’ मा विक्की कौशलको भूमिकाका लागि उत्कृष्ट सह–अभिनेता पुरुषको अवार्ड पाएका छन् ।

सर्वश्रेष्ठ डेब्यू निर्देशक

तरूण धुधेजाले ‘धक धक’ बाट उत्कृष्ट डेब्यु निर्देशकको अवार्ड पाएका छन् ।

उत्कृष्ट डेब्यु महिला–पुरुष

उत्कृष्ट डेब्यु फिमेलको अवार्ड ‘फररे’ अभिनेत्री अलिजेह अग्निहोत्रीले जिते भने ‘फराज’ बाट आदित्य रावलले उत्कृष्ट डेब्यु पुरुषको अवार्ड जिते ।

लाइफ टाइम अचीवमेंट

यस पटक निर्देशक डेभिड धवनलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । उनले हिन्दी सिनेमामा ठूलो योगदान दिएका छन् । उनले आफ्नो फिल्मबाट मानिसलाई धेरै मनोरञ्जन दिएका छन् ।

सर्वश्रेष्ठ क्रिटिक्स अभिनेत्री 

रानी मुखर्जीले ‘मिसेस चटर्जी भर्सेस नर्वे’बाट उत्कृष्ट अभिनेत्रीको क्रिटिक अवार्ड प्राप्त गरिन्।

उत्कृष्ट पार्श्व गायक पुरुष

एनिमल’को सुपरहिट गीत ‘अर्जन भ्याली’का लागि भुपिन्दर बब्बलले उत्कृष्ट पार्श्व गायकको अवार्ड पाए ।

उत्कृष्ट पार्श्व गायिका महिला

शिल्पा रावले ‘बेशराम रंग’ बाट उत्कृष्ट पार्श्व गायिकाको अवार्ड हात पारिन् ।

उत्कृष्ट सहायक अभिनेता पुरुष

शबाना आजमीले सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड प्राप्त गरिन्।

उत्कृष्ट म्युजिक एल्बम अवार्ड – ‘एनिमल’ बाट प्रीतम, विशाल मिश्र, मनन भारद्वाज, श्रेयस पुराणिक, जानी, भूपेन्द्र बब्बल, आशिम केमसन, हर्षवर्धन रामेश्वर र गुरिंदर सिगल

बेस्ट लिरिक्स अवार्डः अमिताभ भट्टाचार्य, (तेरे वास्ते फलक से मैं चाँद लौंगा)

उत्कृष्ट स्क्रिन प्लेः विधु विनोद चोपडा (१२ वी फेल)

उत्कृष्ट कथा – अमित राई (ओएमजी २) र ‘जोरम’ (देबाशिष माखिजा)

उत्कृष्ट अभिनेता समीक्षकः विक्रान्त मेसी (१२ वी फेल)

उत्कृष्ट अभिनेत्री समीक्षकः  शेफाली शाह

सर्वोत्कृष्ट चलचित्र समीक्षकः देवाशिष माखिजा (जोरम)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार