कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘पुष्पा २’ को सेटबाट अल्लु अर्जुनको नयाँ लुक लिकः सारीमा देखिए सुपरस्टार

साउथको यो फिल्म बलिउड अभिनेता अजय देवगनको फिल्मसँग सिनेमाघरमा भिड्ने पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ ।

यतिबेला साउथ सुपरस्टार आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । न त फिल्मको टिजर आएको छ, न त कुनै गीत नै रिलिज भएको छ तर त्यसअघि नै उनको सेटबाट एउटा तस्बिर लीक भएको छ । ‘पुष्पा २’ को सेटबाट लीक भएको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

‘पुष्पा २’ को सेटबाट लीक भएको यो भाइरल फोटोमा अल्लु अर्जुन ‘गंगाम्मा थल्ली’ अवतारमा देख्न सकिन्छ । यो त्यही लुक हो, जुन फिल्मको फर्स्ट लुक पोस्टरमा पनि शेयर गरिएको थियो । यो तस्विरमा सुपरस्टार नीलो रंगको बनारसी साडी लगाएर कुर्सीमा बसेको देखिन्छ । लीक भएको तस्विरलाई लिएर फ्यानहरुले पनि तिब्र प्रतिक्रिया दिइरहेका छन् ।

के हो ‘गंगाम्मा तल्ली जठारा’ ?

अल्लु अर्जुनको ‘गंगाम्मा तल्ली जथारा’ लुकको बारेमा कुरा गर्दा ‘गंगाम्मा तल्ली जथारा’ तिरुपतिको प्रसिद्ध अनुष्ठान हो, जुन हरेक वर्ष एक हप्तासम्म मनाइन्छ। यसको अन्तिम दिन पुरुषहरू महिलाहरू जस्तै लुगा लगाउँछन् र गंगाम्मा जस्तै देखिन्छन्।

‘पुष्पा २’ र सिंघम अगेनबिच भिडन्त हुने:

सुकुमारको निर्देशनमा बनेको चलचित्र ‘पुष्पाः द रुल’ यो वर्षको बहुप्रतिक्षित सिक्वेल हो । यो फिल्म १५ अगस्ट २०२४ मा विश्वभर धेरै भाषाहरूमा रिलिज हुनेछ। साउथको यो फिल्म बलिउड अभिनेता अजय देवगनको फिल्मसँग सिनेमाघरमा भिड्नेछ । अजयको सिंघम अगेनु अगस्ट १५, २०२४ मा थिएटरमा रिलिज हुँदैछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार