भाद्र ६, २०८३ शनिबार August 22, 2026

फिदिम बजारका आठ सार्वजनिक स्थलमा ‘फ्रि वाइफाइ’

सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारण सँगै पर्यटक र विद्यार्थी लाभान्वित हुने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाँचथरको फिदिम नगरपालिकाले सदरमुकामका आठ वटा सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट चलाउन ‘फ्रि वाइफाइ’ सेवा सुरुवात गरेको छ।

यो सेवाको शुक्रबार नगर प्रमुख मित्रप्रसाद काफ्लेले औपचारिक सुरुवात गर्नुभयो। तत्कालका लागि जिल्ला समन्वय समिति अगाडिको बिपी पार्कसँगै सुम्हात्लुङ मन्दिर, जिल्ला अस्पताल भित्रको पार्क, गणतन्त्रचौक, फिदिम माविको खेलमैदान, लोकतन्त्रचौक, आहारगैरी र शिवालय क्षेत्रमा आम नागरिकका लागि निःशुल्क वाइफाइ सेवा सुरुवात गरिएको नगर प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

ती स्थानलाई फिदिम नगरपालिकाले यस क्षेत्रलाई ‘फ्रि वाइफाइ जोन’ का रुपमा परिभाषित गरेको छ। उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख काफ्लेले  नगरपालिका क्षेत्रका ग्रामीण बजारसम्म ‘फ्रि वाइफाइ’ सेवा विस्तार गर्न नगरपालिकाले सोच बनाएको बताउनुभयो।

निःशुल्क इन्टरनेट चलाउने सुविधाले ग्रामीण क्षेत्रबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारण सँगै पर्यटक र विद्यार्थी लाभान्वित हुने नगरपालिकाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ भाद्र ६, शनिबार
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
२०८३ भाद्र ६, शनिबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी
२०८३ भाद्र ६, शनिबार