असार २१, २०८२ शनिबार July 5, 2025

कमाइको अर्को माध्यम बन्दै ब्लग, कसरी बनाउने ? टिप्स

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैं, २० माघ । के तपाई आफ्नो लेखलाई घर बसीबसी कमाउने माध्यम बनाउन चाहनुहुन्छ ? त्यो पनि लाखौंमा ! त्यसो भए आजैबाट लेख्न थाल्नुहोस् । अनलाइनका माध्यमबाट तपाईं आफ्नो लेखलाई नगदमा परिणत गर्न सक्नुहुन्छ ।

इन्टरनेटको पहुँच, फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पाठकसम्म लेख पुग्ने सहजता तथा गुगल एडसेन्स लगायतका विज्ञापनदातासँग सहजै जोडिन सकिने कारणले लेखबाट घर बसीबसी सजिलै कमाउन सकिने भएको हो ।

ब्लग के हो ?

वास्तवमा कागज पानामा अनलाइन लेख्ने डायरी एउटा ब्लग हो, जसमा हाम्रो समाजका गतिविधिहरू र विचारहरू र विचार व्यक्त हुन्छन् ।

जुन इन्टरनेटमा विश्वका विभिन्न भागहरू मार्फत देखा पर्दछ, जहाँ सल्लाह र प्रतिक्रिया विश्वका सबै ठाउँबाट साझा गर्न सकिन्छ । यसैले त्यहाँ वेब माध्यममा एक डायरी लेखिएको छ, यसलाई वेब ब्लग भनिन्छ, जुन छोटो ब्लग हो ।

Does Blogging as a Profession Have a Future? - Movies Games and Tech

सबै चीज परिवर्तन हुँदैछ, समयको चक्रमा सबै परिवर्तन हुँदैछ। इन्टरनेटमा पनि यही लागू हुन्छ । प्रारम्भिक पश्चिमी देशहरूमा बढ्दो परिष्कृत इन्टरनेट टेक्नोलोजी र द्रुत अनलाइन व्यापारका कारण  व्यवसाय प्रबर्द्धनका लागि विभिन्न वेबसाइट र ब्लगहरू सिर्जना गरिएका छन् । विभिन्न अनलाइन विज्ञापन एजेन्सीहरू र अनलाइन रोजगार एजेन्सीहरूको स्थापना भएको छ ।

ब्लग कसरी बनाउने ?

यसका लागि सुरुमा गुगलको ब्लगर, वर्ड प्रेसजस्ता निःशुल्क साइटमा अकाउन्ट बनाउनुपर्छ । ब्लग बनाउन सजिलो छ । गुगलको ब्लगरमा बनाउन चाहनुहुन्छ भने यसमा हेर्नुहोस् कस्तो बन्छ । यसमा गएर कसरी बनाउने सामान्य तरिका हेर्नुहोस् ।

यो ब्लग वर्डप्रेसको साइट हो । वर्डप्रेसमा बनाउन चाहनुहुन्छ भने यसमा गएर हेर्नुहोस् । जुन यहाँले हेरेर आफ्नो पनि सोही अनुसार बनाउन सक्नु हुन्छ । त्यसपछि त्यहाँ आफ्नो चाहना अनुसारको ब्लग डिजाइन गर्नुपर्छ र लेख्न थाल्नुपर्छ ।

कमाउनका निम्ति आफूले धेरै भन्दा धेरै पाठक भने तान्न सक्नुपर्छ । किनभने जति धेरै पाठकले आफ्नो लेख पढ्छन् उति नै पटक आफ्नो ब्लगमा आएको विज्ञापन हेर्छन् र आफूले उत्तिकै धेरै कमाउन सकिन्छ । त्यसैले पाठकले रुचाउने लेख लेख्नेतर्फ ध्यान दिनुपर्छ ।

भाषा

सकेसम्म अन्तर्राष्ट्रिय रूपमा प्रचलित भाषा प्रयोग गर्नुपर्छ । एडसेन्सजस्तै अन्य केही विज्ञापनदाताले सबै भाषा सपोर्ट गर्छन्, तर प्रचलित विज्ञापनदाताहरू जस्तै गुगलको एडसेन्स तथा माइक्रोसफ्ट अनि याहुले सञ्चालन गरेका एड नेटवर्कहरूले भने नेपाली भाषालाई सपोर्ट नगर्ने हुँदा आफूले कमाउने रकम घट्न सक्छ ।

त्यसैले सकेसम्म अंग्रेजी वा अरू कुनै प्रचलित भाषा प्रयोग गरेर आम्दानी बढाउन सकिन्छ । तर यदि नेपालीमा ब्लग लेख्नुहुन्छ भने अन्य केही एड नेटर्वकहरुबट पैसा कमाउन सकिन्छ त्यसको लागि अर्कोमा लेखौंला ।

पैसा कसरी कमाउन सकिन्छ त ?

तपाईंले अब ब्लग कुन भाषामा लेख्नु भएको छ त्यसमा भर पर्छ । यदी तपाईंले अङ्ग्रेजी भाषामा लेख्नु भएको छ भने एड्सेन्स तपाईंलाई राम्रो विकल्प हुन सक्छ । पैसा कमाउनको लागि तपाईंल आफ्नो ब्लगमा ३० भन्दा धेरै लेख तयार गर्नुहोस् र एडसेन्स अप्लाई गर्नुहोस् । तपाईंको लेख अन्य साइटबाट कपी भएको हुनु हुँदैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार