कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शनमा

राजाको भूमिकामा देखिनुभएका सौगातमै चलचित्रको कथा रुमलिएको छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशभरका हलमा दुई नेपाली चलचित्र ‘दयारानी’ र ‘हात्तीछाप’ प्रदर्शनमा आएका छन् । विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र दयारानी आधारित छ ।

चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्न सक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दका रूपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्विकार्न सक्दैन । सन्तान प्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनु पर्छ भन्ने कथावस्तु चलचित्र दयारानीमा चित्रण गरिएको छ ।

चलचित्रमा सन्तान नभएका बेलामा श्रीमान् / श्रीमतीबिच कस्ता उतारचढाव आउँछन् भन्ने कुरालाई पनि देखाउन खोजिएको छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गर्नुभएको छ ।

त्यसै गरी हास्य, मित्रता, प्रेम र सामाजिक कथावस्तु समेटिएको चलचित्र ‘हात्तीछाप’ मा भूकम्पको कथादेखि राजनीतिक कथा जोडिएको छ । चलचित्रमा नायक सौगात मल्ल ‘बोतल राजा’ का रूपमा प्रस्तुत हुनुभएको छ । राजाको भूमिकामा देखिनुभएका सौगातमै चलचित्रको कथा रुमलिएको छ । सिमोस सुनुवार निर्देशित चलचित्रलाई किरण नेपालीले निर्माण गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार