काठमाडौं, २६ माघ । गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुने भएको छ ।
गोपीकृष्ण सिनेमा हल आगामी १ फागुनेदेखि बन्द हुनेबारे शुक्रबार गोपीकृष्ण मुभिज प्रालिले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
कोरोनाकालदेखि चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दी र राज्यको राज्यको विद्यमान कर प्रणालीको कारण १ फागुनदेखि हल बन्द गने निर्णय लिइएको प्रबन्ध निर्देशक नीरक पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गोपीकृष्ण सिनेमा हल २०५२ सालदेखि सञ्चालनमा आएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया