असार २२, २०८१ शनिबार July 6, 2024

भारतमा कोरोनाबाट एकैदिन दुई हजारभन्दा बढीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा दुई हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई हजार तीन जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि तीन लाख ५४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १३ हजार ४४५ संक्रमित फेला परेका छन् भने पाँच हजार ५३७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४८ हजार १९ संक्रमित फेला परेका छन् भने ५२८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४४ हजार ६८८ संक्रमित भेटिँदा एक हजार ८३७ को मृत्यु भइसकेको छ । गुजरातमा २४ हजार ५७७ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५३३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ९१ संक्रमित फेला परेका छन् भने ४१७ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ९०९ संक्रमित भेटिएका छन् भने ४९५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ७७८ संक्रमित फेला परेका छन् भने ४१ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८६ हजार ९३५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया