असार १३, २०८३ शनिबार June 27, 2026

राहत शिक्षकले गरे राजधानीमा शक्ति प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मुलुकभरका राहत शिक्षकहरुले पेशागत सुरक्षाको माग गर्दै आज राजधानीमा सरकारलाई दवाव दिनका लागि भन्दै शक्ति प्रदर्शन गरेका छन् ।

शिक्षकहरुले आफुहरु लामो समयदेखि कार्यरत रहेकाले प्रक्रिया पु¥याएर स्थायी गर्न माग गर्दै शक्ति प्रदर्शन गरेका हुन । नेपाल राहत शिक्षक केन्द्रीय समितिको आह्वानमा भएको आजको कार्यक्रममा राजधानी बाहिरबाट पनि सयौं शिक्षकहरु आन्दोलनमा सहभागि हुन आएका थिए ।

उनीहरुले आफूहरूलाई अस्थायी सेवामा लग्नुपर्ने माग विगतदेखि नै सरकारसँग राख्दै आएको तर सरकारले आफुहरुको माग सुनुवाई नगरेकाले आन्दोलनमा जान बाध्य भएको जनाएका छन् ।

सशस्त्र द्वन्दका समयमा सरकारले दरबन्दीका शिक्षक अपुग भएको जनाउँदै विद्यालयमा राहत शिक्षकको व्यवस्था गरेको थियो । देशभरका सामुदायिक विद्यालयमा ४० देखि ४२ हजार राहत शिक्षक कार्यरत रहेको समितिको दाबी छ ।

विभिन्न संस्था र विद्यालयको निजी स्रोतबाट राहत शिक्षकले तलब सुविधा पाइरहेका छन् । शिक्षक आन्दोलनका कारण विद्यायहरुको पढाइृ समेत प्रभावित भएको छ ।

शिक्षहरुले माग सुनुवाई नभए अझ कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । माईतीघर मण्डलाबाट ¥यालीसहित नयाँ बानेश्वर स्थित संसद भवन अगाडि पुगेर सभामा परिणत भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुर्गम हुम्लामै जटिल शल्यक्रिया सफल, विशेषज्ञ टोलीले बढायो स्वास्थ्य सेवामा विश्वास
२०८३ असार १३, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ असार १३, शनिबार
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
रास्वपा सहमहामन्त्रीमा शाह, ढकाल र डाँगी विजयी
२०८३ असार १२, शुक्रबार