वैशाख १६, २०८१ आइतबार April 28, 2024

तपाईंको आईफोनमा पानी पस्छ कि पस्दैन ? यस्ता छन् ‘वाटर प्रुफ’ आईफो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कुन कुन आईफोन वाटरप्रुफ अर्थात पानी प्रतिरोधी हुन् ? आईफोनको सङ्ख्या धेरै भइसकेको अहिलेको समयका लागि यो उचित प्रश्न हो । अनि वाटरप्रुफ आईफोन आउन थालेको कति भयो ?

यहाँनिर स्पष्ट हुनुपर्ने कुरा के छ भने कुनै पनि आईफोन पूर्ण रुपमा वाटरप्रुफ भने छैनन् । यदि तपाईंले आफ्नो आईफोन पानीमा छोड्नु भयो अथवा अन्य कुनै तरल पदार्थमा लामो समयसम्म राख्नु भयो भने बिग्रिने निश्चित छ ।

यही कारणले गर्दा मोबाइल निर्माताहरूले ‘वाटर रेसिस्टेन्स’ शब्दावली प्रयोग गर्छन् । इन्टरनेसनल इलेक्ट्रोटेक्निक कमिसनले विद्युतीय उपकरणको टिकाउपन जनाउन रेटिङको कार्य गर्छ ।

जसलाई उपकरणको आईपी कोड (IP Code) भन्ने गरिन्छ । यस्तो आईपी कोड दुई अङ्कबाट बनेको हुन्छ । जसमा रहेको पहिलो अङ्कले ठोस बस्तुबाट हुनसक्ने जोखिमको प्रतिरक्षालाई जनाउँछ । (यसमा ० देखि ६ सम्म, यसमा कुनै पनि बचाउ नगर्ने ० बाट सुरु हुन्छ) ।

अनि त्यसमा रहेको दोस्रो अङ्कले उपकरणलाई तरल पदार्थबाट जोगाउने क्षमताको प्रतिनिधित्व गर्छ (० देखि ९ सम्म, जसमा सुरु हुने शून्यले कुनै पनि बचाउ कार्य गर्दैन) । अब यस्तोमा कुन आईफोन वाटर रेसिस्टेन्स हो भन्ने कुरामा तपाईं सोचिरहनु भएको होला ।

अनि तिनको प्रतिरोधात्मक क्षमता कति होला भन्ने पनि लागिरहेको होला । त्यसका लागि तल उल्लेखित जानकारी हेर्नुहोस् र त्यसमा तपाईंको आईफोन कहाँ छ खोज्नुहोस् । यसमा रहेका आईपी कोड एप्पलले उल्लेख गरे अनुसारका हुन् ।

कुन कुन आईफोन हुन् पानी प्रतिरोधी ? यसको संक्षिप्त उत्तर हो, आईफोन सेभेन (७) त्यसपछि बजारमा आएका आईफोन फोर्टिन (१४) सम्मका एप्पल स्मार्टफोन । यद्यपि यी आईफोनहरूमा तिनको बचाउ क्षमता भने फरक फरक छ ।

आईफोन मोडलहरू र तिनको पानी प्रतिरोधी क्षमता

तल उल्लेखित आईफोन मोडलहरू सबैभन्दा बढी वाटर रेसिस्टेन्स हुन् र यिनमा आईपी ६८ रेटिङ रहेको छ । (अधिकतम छ मिटर गहिराइमा ३० मिनेटसम्म)

आईफोन १४

आईफोन १४ प्लस

आईफोन १४ प्रो

आईफोन १४ प्रो म्याक्स​

आईफोन १३

आईफोन १३ मिनी

आईफोन १३ प्रो

आईफोन १३ प्रो म्याक्स

आईफोन १२

आईफोन १२ मिनी

आईफोन १२ प्रो

आईफोन १२ प्रो म्याक्स

तल उल्लेखित आईफोन मोडलहरू केही थोरै कम वाटर रेसिस्टेन्स हुन्, जसमा आईपी ६८ रेटिङ रहेको छ । (अधिकतम ४ मिटरको गहिराइमा ३० मिनेटसम्म) 

आईफोन ११ प्रो

आईफोन ११ प्रो म्याक्स

आईफोनका तल उल्लेखित मोडलमा आईपी ६८ को रेटिङ छ । जसले अधिकत दुई मिटर गहिराइमा ३० मिनेटसम्म पानी पस्नबाट रोक्न सक्छ । 

आईफोन ११

आईफोन एक्सएस

आईफोन एक्सएस म्याक्स

आईफोनका तल दिइएका मोडलहरूमा आईपी६७ रेटिङ रहेको छ । (अधिकतम एक मिटरको गहिराइमा ३० मिनेटसम्म) 

आईफोन एसई (दोस्रो पुस्ता)

आईफोन एक्सआर

आईफोन एक्स

आईफोन ८

आईफोन ८ प्लस

आईफोन सेभेन

आईफोन सेभेन प्लस

एप्पल सपोर्ट्समा उल्लेख भए अनुसार डिभाइसको ‘प्रोटेक्सन रेटिङ’ सँधैभरका लागि अथवा स्थायी भने होइन । यदि तपाईंले आफ्नो आईफोन १३ पानीमा २० मिनेटसम्म डुबाउनु भयो भने उक्त समयसम्म ढुक्कले जोगिन सक्छ । तर यदि तपाईंले बारम्बार पानीमा डुबाइराख्ने गर्नु हुन्छ भने निश्चित समय अन्तरालमा त्यसको बचाउ क्षमता क्षयीकरण हुने सम्भावना हुन्छ ।

  • आफ्नो आईफोन खराब हुनबाट कसरी जोगाउने ?

  • आईफोन साथमा लिएर पौडी खेल्ने वा नुहाउने काम नगर्नुहोस् ।

  • प्रेसरयुक्त अर्थात  चाप बढी भएको पानी वा  सावर, स्की, वेक बोर्डिङ, जेट स्की जस्ता वेग युक्त पानीबाट जोगाउनुहोस् ।

  • साउना अथवा बाफिलो कोठामा आईफोन नचलाउनुहोस् ।

  • जानाजान पानीमा आईफोन नचोभल्नु होस् ।

  • सुझाइएको तापक्रमको दायराभन्दा बाहिर वा अत्यधिक आर्द्रता भएको स्थानमा आईफोन नचलाउनुहोस् । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया