काठमाडौंः अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री रेखाले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफूलाई पुत्रीलाभ भएको जानकारी दिएकी हुन् ।
अमेरिकामा छोरीलाई जन्मदिएकी उनले नवजात छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् ।‘हेर आकाशमा कालो बादल वरिपरी चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान कारण छ। वैभबी राज्यलक्ष्मी शाही ठकुरी’, उनले लेखेकी छन्
उनले अमेरिकास्थित कोलोराडोको एक अस्पतालमा शुक्रबार पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया