कार्तिक ११, २०८३ बुधबार October 28, 2026

नौं बर्ष पछि जि सिने अवार्डमा साहरूख खानले परफम गर्ने पक्का

यस पटक अपारशक्ति खुरानाले जी सिने अवार्डको आयोजना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बइ, १५ फागुन । २२ औं जी सिने अवार्ड मार्च १०, २०२४ मा हुने तय गरिएको छ।

सोही क्रममा शाहरुख खान ९ वर्षपछि जी सिने अवार्डमा परफर्म गर्न लागेका छन् । शाहरुखका साथै आलिया भट्ट, बबी देओल, आयुष्मान खुराना, मौनी रोयले पनि परफर्म गर्न लागेका हुन । यस पटक अपारशक्ति खुरानाले जी सिने अवार्डको आयोजना गर्नेछिन्। अवार्ड समारोह एनएसआइ डोममा हुनेछ । यो वर्ली, मुम्बईमा स्थित छ।

हिजो साँझ अर्थात २६ फेब्रुअरीमा जी सिने अवार्डको पत्रकार सम्मेलन भएको थियो । यस अवसरमा आलिया भट्ट पनि सो पत्रकार सम्मेलनमा देखिएकी थिइन् । सम्मेलनमा सञ्चारकर्मीसँग कुरा गर्दै बबी देओलले तीनै देओलले जी अवार्डमा सँगै आउने प्रयास गर्ने बताए किनभने पछिल्लो वर्ष तीनवटैका लागि बिशेष रह्यो ।

आफ्नो मनोनयनमा बबी देओलले भनेका छन्, ‘यो धेरै स्पेशल छ, उसले जितोस् या हार्‍योस्, जी स्पेशल छ किनभने ‘गदर–२’ त्यहीँबाट आएको हो ।’

नकारात्मक भूमिकाका बारेमा बबीले चलचित्र पहिलेको तुलनामा परिवर्तन भएको र अहिले कुनै पनि नकारात्मक वा सकारात्मक भूमिका नभएको बताए । हरेक व्यक्ति भित्र खलनायक हुन्छ, यो उसले नकारात्मक पक्षलाई कसरी दबाउने र सकारात्मक पक्षलाई बाहिर ल्याउँछ भन्नेमा भर पर्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार