वैशाख ३१, २०८१ सोमबार May 13, 2024

समाचार स्रोतका रुपमा ईन्स्टाग्रामले ट्विटरलाई उछिन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । अघिल्लो वर्ष समाचार प्राप्त गर्ने माध्यमका रूपमा प्रयोगकर्ता दोब्बर बनाउन सफल सामाजिक सञ्जाल इन्स्टाग्रामले समाचार स्रोतको रूपमा स्थापित ट्विटरलाई उछिन्नतर्फ अघि बढिरहेको एउटा अनुसन्धानले देखाएको छ। रोयटर्स इन्स्टिच्युट डिजिटल न्युज रिपोर्ट सन् २०२० ले सन् २०१८ यता समाचारका लागि इन्स्टाग्राम प्रयोग गर्नेहरुको संख्या दोब्बरले बढेको देखाएको हो। युवाहरूमा यो क्रम बढ्दो देखिएको छ।

अध्ययनका अनुसार यूकेका १८ देखि २४ वर्षका झण्डै एक चौथाइ व्यक्तिहरूले कोरोनाभाइरसबारे जानकारी पाउन इन्स्टाग्रामलाई समाचारको श्रोतका रूपमा प्रयोग गरेका छन। तर सामाजिक सञ्जालहरू सबै भन्दा कम विश्वशनीय रहेको पनि पाइएको छ। जम्मा २६ प्रतिशतले मात्रै कोरोनाभाइरसबारे सामाजिक सञ्जालमा शेयर गरिएका समाचारमा विश्वास लाग्ने बताएका थिए।फेसबुक म्यासेन्जर र अरू च्याटका लागि प्रयोग हुने एपमार्फत् शेयर गरिने समाचारमा त्यही हाराहारीको विश्वास व्यक्त गरिएका छन ।

राष्ट्रिय सरकार र समाचार संस्था दुवैलाई ५९ प्रतिशतले विश्वास गरेका छन्। सर्वेक्षणमा सहभागी एक तिहाइ भन्दा धेरैले इन्स्टाग्रामको प्रयोग गरिरहेका छन् । उनीहरूमध्ये दुई तिहाइको उमेर अहिले २५ वर्ष भन्दा कम छ। त्यस्तै ११ प्रतिशतले इन्स्टाग्रामलाई समाचारको लागि प्रयोग गर्छन् जुन ट्विटरभन्दा एक अङ्कले कम हो। ‘इन्स्टाग्राम कम उमेरका व्यक्तिहरू माझ अझ बढी लोकप्रिय बनिरहेको छ,” उक्त अनुसन्धानका प्रमुख लेखक निक न्युमेन भन्छन् “ साधारण ढङ्गले र राम्रा तस्बिरहरूको प्रयोग गरी प्रस्तुत गरिएका कथामा उनीहरूले एकदमै राम्रो प्रतिक्रिया जनाएका छन्।”

कोरोना भाइरस, जलवायु परिवर्तन र ब्ल्याक लाइभ्स म्याटर जस्ता समाचारहरु बारे ब्यापक रुपमा बिचारहरुको आदानप्रदान भएको रिपोर्टमा उल्लेख छ । इन्स्टाग्रामको स्वामित्व सामाजिक सञ्जाल कम्पनी फेसबुकसँग रहेको छ भने व्हाट्स एपको स्वामित्व पनि फेसबुकसँगै छ। विभिन्न ४० वटा देशमा गरिएको सर्वेक्षणमा समाचार र समाचार संस्थाहरूको विश्वशनियताबारे पनि अध्ययन गरिएको थियो।

जम्मा ३८ प्रतिशतले मात्रै अधिकांश अवस्थामा आफूहरूले समाचारमा विश्वास गर्ने बताएका छन्। अध्ययनमा सहभागी आधा भन्दा कम अर्थात ४६ प्रतिशतले आफूले रूचाएको समाचार श्रोतमाथि विश्वास गर्ने बताएका थिए । कोभिड–१९ को महामारीपछि समाचार संस्थाहरूको विश्वशनियतामा वृद्धि भइ त्यो ५९ प्रतिशतमा पुगेको थियो। अनुसन्धानका लेखकहरूले सञ्चारमाध्यमहरूले जनस्वास्थ्य सम्बन्धी सुझावलाई बढी प्रथमिकता दिएकाले यसो भएको तर्क गरेका छन ।

रोयटर्सको अध्ययनले समाचार श्रोतका रूपमा इन्स्टाग्रामको उल्लेख्य विस्तार पाउनुले फेसबुकले उक्त सञ्जाल खरिद गर्ने निर्णय इतिहासकै सबैभन्दा फाइदाजनक मध्ये एउटा भएको देखाएको छ। लकडाउनको बीचमा सञ्चारमाध्यम र सरकारमा अरू बेला भन्दा बढी विश्वास देखिएपनि एप्रिल र मे महिनाको बीचमा त्यो ११ अङ्कले घटेको अध्ययनका लेखक न्यूमेनले बताएका छन्।

विश्वशनियताको विश्लेषणबाहेक उक्त अध्ययनमा ‘मौन बहुसङ्ख्यक’ को पनि चर्चा गरिएको छ जसले आफूले ‘तटस्थ’ समाचारलाई हेर्ने बताएका छन्। सन् २०१३ यता उक्त रिपोर्टका लेखकहरूले यो प्रश्न गर्न छाडेका थिए, किनभने विचार व्यक्त गर्ने र समाचार लेखनमा खुल्ला दृष्टिकोण राख्ने प्रवृत्ति बढ्दै गएको थियो।

अध्ययन गरिएका ९ वटा देशका सहभागीहरूले ‘कुनै पनि धारणा नराख्ने’ समाचार श्रोतबाट आउने खबर आफूहरूले रूचाउने बताएका छन्। त्यस्तो मत सबभन्दा बलियोसँग जर्मनी, जापान, यूके र डेनमार्कमा व्यक्त भएका थिए। यी देशहरूमा बलियो र स्वतन्त्र सार्वजनिक प्रसारकहरू रहेको प्रतिवेदनमा उल्लेख गरिएको समाचार बिबिसीमा उल्लेख छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रसूति तथा स्त्रीरोग अस्पतालमा मंगलबारदेखि इको कार्डियोग्राफी सेवा
२०८१ वैशाख ३१, सोमबार
सरकार छोडने निर्णय गरेका छैनौंः झलनाथ खनाल
२०८१ वैशाख ३१, सोमबार
भारतमा लोकसभाको चौथो चरणको मतदान सम्पन्न
२०८१ वैशाख ३१, सोमबार
हाफ म्याराथन प्रतियोगिता : महिलातर्फ प्रहरीका बुढा र पुरुषतर्फ आर्मीका राईलाई उपाधि
२०८१ वैशाख ३१, सोमबार
स्काउट पदाधिकारीहरुलाई दलको सदस्यता त्याग्न खेलकुद मन्त्रालयको चेतावनी
२०८१ वैशाख ३१, सोमबार
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ: अध्यक्ष दाहाल
२०८१ वैशाख ३१, सोमबार
निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल
२०८१ वैशाख ३१, सोमबार