काठमाण्डौंः डिसहोम फाइबरनेटले यसको ग्राउन्ड ब्रेकिङ ‘क्याच द बिग अफर’ सुरू गरेको छ। यस योजना अन्तर्गत ग्राहकले न्यून मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ।
यसै क्रममा एक सय एमबिपिएस इन्टरनेट प्याकेज सात हजार पाँच सय २२ रूपैयाँमा ग्राहकले १२ महिनाको लागि पाउनेछन्। यस्तै दुई सय एमबिपिएस प्याकेजको सात हजार सात सय ८८ रूपैयाँ उही अवधिको लागि रहेको छ।
साथै अझ छिटो गति खोज्नेहरूले नौ हजार नौ सय १२ रूपैयाँमा १२ महिनाका लागि ३०० एमबिपिएस प्याकेज रोज्न सक्छन्। यति मात्र नभएर डिसहोम फाइबरनेटले प्रत्येक प्याकेजको साथमा निःशुल्क फाइभ जी राउटर पनि प्रदान गर्ने भएको छ।
योजनाको घोषणा नेपाल र आयरल्यान्ड वुल्भ्स बीचको उद्घाटन खेलसँगै कम्पनीले गरेको हो। बजेट–अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवामा व्यापक परिवर्तन गर्ने डिसहोम फाइबरनेटको प्रतिबद्धतालाई संकेत गर्ने कम्पनीको विश्वास छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया