वैशाख १६, २०८१ आइतबार April 28, 2024

नेपाली चलचित्र ‘लन्डन टु पेरिस’ २५ जेठबाट रिलिज हुने

चलिचत्रबाट निश्चल र गरिमाले नायक नायिकाको रुपमा नेपाली चलचित्र उधोगमा डेब्यु गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली चलचित्र ‘लन्डन टु पेरिस’ २५ जेठबाट रिलिज हुने भएको छ । निर्माण पक्षले सिनेमाको एक पोस्टर रिलिज गर्दै यो चलचित्रको रिलिज मिति घोषणा गरेको हो ।

सार्वजनिक पोस्टरमा साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्कालाई समेटिएको छ । यो चलचित्रमा साम्राज्ञी र निश्चलसँगै कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको मुख्य भूमिका रहेको छ । यही चलिचत्रबाट निश्चल र गरिमाले नायक नायिकाको रुपमा नेपाली चलचित्र उधोगमा डेब्यु गर्दैछन् ।

यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । आफ्नो चलचित्रमा यात्राको प्रेमकथा समेटिएको निर्देशक लामिछानेले बताएका छन् । सिनिश खकुरेल सिनेमाको सह–निर्माता हुन् भने अंकित गौतम यसका कार्यकारी निर्माता हुन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई अल नेपाल वितरण गर्नेछन् ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी रहेको छ ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्सम् लिमिटेडको निर्माण सहकार्य रहेको छ । यो चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया