काठमाडौँ, चैत ८ गते । चलचित्र ‘पुजार सार्की’ को छायाङ्कन सकिएको छ । मङ्गलबार चलचित्रमा रहेको ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायाङ्कन सकिएको निर्देशक दिनेश राउतले बताउनुभयो ।
गीतमा चलचित्रका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहलगायतले नृत्य प्रस्तुत गर्नुभएको छ ।
चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मालगायतको पनि अभिनय रहेको छ । कास्कीको पोखरा नजिकै पर्ने कास्कीकोट गाउँ र आसपासमा छायाङ्कन गरिएको यो चलचित्रलाई विकास सुवेदीले लेख्नुभएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया