असोज २८, २०८३ बुधबार October 14, 2026

भौतिक पूर्वाधारको विकास सरकारको उच्च प्राथमिकतामा : उपप्रधानमन्त्री महासेठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधारको विकास बिना देशको समृद्धिको यात्रा कठिन हुने भन्नुहुँदै भौतिक पूर्वाधारको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

उपप्रधानमन्त्री महासेठ गृह जिल्ला धनुषा आउनेक्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै यसभन्दा अगाडि मन्त्रालयको नेतृत्व गर्दा पनि आफूले पूर्वाधारको विकासलाई प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।

उहाँले एमाले सरकारमा भएको बेलामा मध्य पहाडी, मदन आश्रित, हुलाकी र उत्तर दक्षिण राजमार्गको निर्माणमा गति लिएको र यस पटक फेरि आफू भौतिक मन्त्रालयको नेतृत्वमा आएकाले हुलाकीसहितको अन्य राजमार्गको निर्माणमा गति दिने बताउनुभयो ।

नेकपा एमालेका सचिव समेत रहनुभएका उपप्रधानमन्त्री महासेठले वर्तमान सत्ता गठबन्धन बाँकी अवधिसम्म चल्ने दाबी गर्नुभयो ।

उहाँले मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको र मन्त्रालयहरुको विषयमा चाँडै टुङ्गो लाग्ने बताउनुभयो ।

उहाँले गलत गर्ने जस्तोसुकै ओहदाका व्यक्ति किन नहोस् कारबाही हुने बताउनुभयो ।

आजै नेकपा एमालेको पार्टी कार्यालयमा उपप्रधानमन्त्री रघुवीर महासेठ तथा एमाले पोलिटब्युरो सदस्य जुलीकुमारी महतोलाई स्वागतसहित सम्मान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे पाँच खर्ब आवश्यक पर्ने
२०८३ असोज २८, बुधबार
प्रधानसेनापति सिग्देल बेलायत भ्रमण पूरा गरी स्वदेश फिर्ता
२०८३ असोज २८, बुधबार
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
२०८३ असोज २८, बुधबार
राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
२०८३ असोज २८, बुधबार
लेबनानमा घर गुमाएका परिवारलाई हिजबुल्लाहले १४ हजार डलरसम्म क्षतिपूर्ति दिने
२०८३ असोज २८, बुधबार
उपभोक्ता हित संरक्षण र यातायात व्यवस्थापनमा प्रदेश सरकारको जोड
२०८३ असोज २८, बुधबार
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
२०८३ असोज २८, बुधबार