श्रावण १०, २०८३ आइतबार July 26, 2026

सलमानले समर्थकलाई भने : सुशान्तका परिवार र प्रशंसकलाई साथ दिनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । अभिनेता सुशान्त सिंह राजपुतको निधनले बलिउडमा नेपोटिजम बारे ठूलै बहस हुन थालेको छ ।

बलिउडमा नेपोटिजमलाई बढावा दिँदै सुशान्तलाई बलिउडबाट हटाउन खोजिएको भन्दै केही निर्देशक, निर्माता, ब्यानर र स्टार किड्समाथि आरोप लागेको छ ।
जसमा बलिउडका दबंग खान सलमानको पनि नाम आएको छ । सलमानलाई यो आरोप लागेसँगै सुशान्तका समर्थक सलमानको विरोधमा उत्रिएका छन् ।

सामाजिक सञ्जालदेखि सडकमा सुशान्तको न्यायका लागि अपिल भइरहेको छ । यस्तै विरोधका बीच सलमानले सामाजिक सञ्जालमार्फत् आफ्ना समर्थकलाई सुशान्तको परिवार र प्रशंसकलाई साथ दिन आग्रह गरेका छन् ।

सलमानले ट्विटरमा लेखेका छन्, “सुशान्तका समर्थकले प्रयोग गरेका शब्द र गालीलाई बेवास्ता गरी उनीहरुको इमोसनलाई बुझेर उनीहरुको साथ दिन म मेरा दर्शकमा अग्राह गर्न चाहन्छु । आफ्नो मान्छे गुमाउनुको पीडा एकदमै दुस्खदायी हुने भएकाले कृपया सुशान्तका परिवार र दर्शकलाई साथ दिनुहोस् ।”

(नवभारत टाइम्स)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार