वैशाख २३, २०८१ आइतबार May 5, 2024

प्रतिवेदनका सुझावहरुलाई कार्यान्वयन गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको निर्देशन

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २१ गते बुधवार सवा १ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ चैत : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० ले दिएका सुझावहरु कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिनुभएको हो । बैठकमा सो प्रतिवेदनउपर सांसदहरुले छलफल गर्नुभएको थियो भने प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलमा उठेका विषयहरुका सन्दर्भमा जवाफ समेत दिनुभएको थियो ।

निर्देशन दिँदै अध्यक्ष दाहालले भन्नुभयो – ‘प्रतिवेदनको सम्बन्धमा माननीय सदस्यहरुले छलफलमा उठाएका विषयहरु र सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले जवाफका शिलशिलामा व्यक्त गर्नुभएका विचार समेतका आधारमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु ।’

राष्ट्रिय सभाको अर्को बैठक चैत्र २१ गते बुधवार सवा १ बजे बस्नेगरी बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया