वैशाख १८, २०८१ मंगलबार April 30, 2024

गायक सुनिल गिरीको नयाँ गीत ‘कालीगड’ सार्वजनिक

अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्रायस् आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् ।

यस्तैमा, गायक गिरीले नयाँ वर्षको अवसर पारेर शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ। उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् । ‘को होला त्यो’ फ्रेम्ड गायक उनको यो गीत लोक फिल्मी शैलीमा छ। गीतको शब्द तथा संगीत रचना उनकै हो।

‘‘यो मायाको रूप कति साह्रो मिलेको, कुन कालीगढले छिलेको’’ गीतमा युवा–युवतीले एकअर्काको रूपको खुलेर प्रसंशा गरेका छन्। यसको भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय एवं नृत्य छ।

लुम्विनीको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोलाई झनै आकर्षक बनाइएको छ । मेकिङका हिसाबले भिडियो स्तरीय लाग्छ। फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायक गिरीले यसपटक रोमान्टिक गीत नयाँ वर्षको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेका हुन् ।

आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन्। भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन् । भिडियो कथा पनि उनकै हो । गीत ‘सुनिल गिरी’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार