श्रावण १९, २०८३ मंगलबार August 4, 2026

फिल्म ‘कल्की २८९८ एडी’ मा अमिताभ बच्चनको लुक्स सार्बजनिक

साउथ सुपरस्टार प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ यस वर्षको मे ९ मा रिलिज हुने तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बलिवुडमा यस वर्षको सबैभन्दा ठूलो साइंस फिक्शन फिल्म ‘कल्की २८९८ एडी’ का निर्माताले आइतबार फिल्मको अमिताभ बच्चनको नयाँ पोस्टर सार्वजनिक गरेका छन् ।

निर्माताले सेयर गरेको फिल्मको नयाँ लुकमा अमिताभ पुरानो मन्दिरमा बसेको देख्न सकिन्छ । तिनीहरू आशावादी आँखाले सूर्यको किरणतिर हेरिरहेका छन् ।

साउथ सुपरस्टार प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ यस वर्षको मे ९ मा रिलिज हुने तय भएको थियो । अहिले लोकसभा चुनावका कारण निर्माताले यसको रिलिज स्थगित गरेको बताएका छन् ।

फिल्मको टिजर गत वर्ष रिलिज भएको थियो । यसले संसारमा कसरी अन्धकारले राज्य गरेको छ भनेर देखाएको छ ।

यो वर्षको सबैभन्दा महँगो फिल्म ‘कल्की २८९८ एडी’ भनिएको छ । यो फिल्म निर्माणको लागत लगभग ६०० करोड भारु रहेको बताइएको छ । यसलाई तेलुगु सिनेमाका चर्चित निर्देशक नाग अश्विनले बनाएका हुन् । यो फिल्म प्रभासका लागि निकै महत्वपूर्ण बताइएको छ ।

गत वर्ष उनको फिल्म ‘आदिपुरुष’ पनि ६०० करोडको बजेटमा बनेको थियो तर त्यो बक्स अफिसमा फ्लप साबित भएको थियो । त्यसअघि ‘सलार’ ले  ५९० करोडको व्यापार गर्न सफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार