भाद्र २८, २०८३ आइतबार September 13, 2026

फोन ट्यापिङ गर्ने व्यवस्थाको भयानक दुरुपयोग हुन्छ : गगन थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले विशेष सेवा विधेयकमा फोन ट्यापिङ गर्ने प्रावधानको भयानक दुरुपयोग हुने बताएका छन् ।

यस्तो कानुन अहिले पास गर्न नहुने उनको भनाइ छ । विधेयकको यस्ता प्रावधानले कोही पनि बच्नेवाला नभएको थापाको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभामा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘यसको मुख्य विषय भनेको दफा १० हो । यसमा व्यक्ति, संघसंस्था, सार्वजानिक सञ्चारमाध्यम वा श्रव्य दृश्यमार्फत निगरानी गर्न, इन्टरसेप्सन गर्न वा हामीले चलनचल्तीमा भन्ने गरेको टेलिफोनलाई रेकर्ड गर्न पाउने गरी व्यवस्था गरिएको छ । यसका निम्ति मुख्य अनुसन्धान निर्देशकसँग स्वीकृति लिएर गर्न पाउने भनेर जुन व्यवस्था गरिएको छ यसमा सच्याउँदै गर्दा पनि मुख्य अनुसन्धान निर्देशकले आफूले त्यस्तो सूचना संकलन गर्ने कुराको निर्णय गर्ने र आफ्नो घर्रामा राख्ने भनिएको छ । यसको चरम दुरुपयोग हुन्छ । यसको भयानक दुरुपयोग हुन्छ ।’

उनले भने, ‘यसलाई अदालतबाट स्वीकृति लिन नपर्ने, पार्लियामेन्ट कुनै पनि ओभरसाइट एजेन्सीले हेर्न नपाउने गरीकन गर्दै गर्दा सरकार सञ्चालन गर्ने मानिसले यसको चरम दुरुपयोग हुन्छ । भोलि बन्ने यो कानुनबाट हामी कोही पनि बच्नेवाला छैनौँ । यस्तो कानुन, यस्तो अवस्था यसरी पारित गरेर नजाऊँ । कि संसद्ले हेर्नुपर्छ कि सर्वोच्च अदालतबाट यसको स्वीकृत लिनुपर्छ । यसको यति ठूलो दुरुपयोग हुनेवाला छ कि यसबारेमा समयमै सचेत हौँ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्स सम्मेलन : विश्व अर्थतन्त्र र भू–राजनीतिक तनावबीच सहकार्यको खोजी
२०८३ भाद्र २८, आइतबार
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार