कार्तिक ११, २०८३ बुधबार October 28, 2026

टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’

फिल्म ‘१२ फेल’ ले टुलुज फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बलिवुडका निर्देशक विधु विनोद चोपडाको निर्देशनमा बनेको विक्रान्त मेसी र मेधा शंकर अभिनित फिल्म ‘१२ फेल’ ले दर्शकको माया र अवार्ड पाउनेक्रम जारी रहेको छ ।

फिल्मले उत्कृष्ट समीक्षा र अपार प्रशंसा पाएसँगै अब यस फिल्मले अर्को अर्को उपाधि जितेको छ । यो फिल्मले टुलुज फिल्म फेस्टिभलको ९औं संस्करणमा भारतभरका सबै भाषाका अन्य १५ फिल्ममा मनोनयनमा परेपछि उत्कृष्ट फिल्मको अवार्ड जितेको छ ।

फिल्म ‘१२ फेल’ ले टुलुज फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गरेको छ । फिल्मका निर्माता–निर्देशक विधु विनोद चोपडाको टोलीले यो जानकारी दिएका हुन् । उनले लेखेका छन्- ‘१२ फेललाई टुलुज फिल्म फेस्टिभलमा भारतीय सिनेमा वर्गमा उत्कृष्ट फिल्मको उपाधि दिइएको छ । यो मायाको लागि सबैलाई धन्यवाद ।’

फिल्मले हालै हलमा रिलिजको २५ हप्ता पूरा गरेको छ र अब चीनमा पनि रिलिज हुने तयारीमा छ ।

विधु विनोद चोपडाको यो फिल्म अनुराग पाठकले लेखेको सोही नामको पुस्तकमा आधारित छ, जसमा भारतीय प्रहरी सेवाका अधिकृत मनोज कुमार शर्माको चरम गरिबीबाट उठेर आईपीएस अफिसर बन्ने वास्तविक कथा देखाइएको छ । फिल्मले मनोज शर्माको संघर्ष र उनको जीवनमा उनको आईआरएस अफिसर पत्नी श्रद्धा जोशीको महत्व देखाउँछ ।

गत वर्षको हिट फिल्ममध्ये एक १२ फेलले बक्स अफिसमा करिब ६० करोड भारु कमाएको थियो । कम बजेटमा बनेको यो फिल्मलाई दर्शकसँगै समीक्षकले पनि निकै रुचाएका छन् । यसले आइएमडीबीमा ९.२ रेटिङ पनि पाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार