भाद्र २८, २०८३ आइतबार September 13, 2026

तीन लाख शिक्षक र कर्मचारीले पाएनन् चैत्रपछि अहिलेसम्मको तलब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः कोरोना कहरका कारण गत चैत्र देखि झण्डै तीन महिना लामो लकडाउन अहिले केही खुकुलो पारेको छ । तर चैत्रदेखि नै बन्द रहेका विद्यालय र शिक्षण संस्थाहरु बन्द छन् । अहिले केही विद्यालयहरुले अनलाइन मार्फत विद्यार्थीहरुलाई पढाइरहेका छन् ।

सरकारको निर्देशन छ,लकडाउनको समयमा कुनै पनि किसिमको शुल्क नउठाउनु । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द रहेको बेलाको शुल्क नलिन बोर्डिङ सञ्चालकहरूलाई आग्रह गरेको छ।

अघिल्लो साता नीजि तथा अवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन र नेशनल प्याब्सनले संयुक्त रूपमा अपिल जारी गर्दै शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका थिए। उक्त अपिलमाथि शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति निकालेका हुन्। गत चैत ११ गतेदेखि लकडाउन भएको थियो। त्यसको एक साताअघिदेखि नै विद्यालयहरू बन्द छन्।

लकडाउनको अवधिमा पनि वैकल्पिक व्यवस्थामार्फत् पठनपाठन गरिएको दाबी गर्दै बोर्डिङ सञ्चालकहरूले शुल्क तिरिदिन अपिल गर्दै आएका छन् । अभिभावकहरुले शुल्क नतिरेका कारण देखाएर निजी विद्यालयले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीहरुलाई तलब खुवाएका छैनन् ।

अधिकांश शिक्षक कर्मचारीले चैत्र यताको तलब सुविधा पाउन सकेका छैनन् प्याब्सनका एक अधिकारीका अनुसार देशैभर गरी प्याब्सन र एनप्याब्सनमा कार्यरत शिक्षकको संख्या तीन लाख बढी रहेको छ । त्यसमध्ये ७० प्रतिशत महिला छन् । अधिकांश शिक्षण संस्थाहरुले वैशाखदेखि नै अनलाइनमार्फत विद्यार्थीहरु पढाउँदै आएका छन् । तर पनि तलब पाउँन नसकेको गुनासो पोखेका छन् । जनबोली

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
२०८३ भाद्र २८, आइतबार
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
२०८३ भाद्र २८, आइतबार
मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै
२०८३ भाद्र २८, आइतबार
लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न सुझाव कार्यदलद्धारा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र
२०८३ भाद्र २८, आइतबार
सुत्केरी बिदा ६ महिना बनाउन प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
२०८३ भाद्र २८, आइतबार
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार