श्रावण १९, २०८३ मंगलबार August 4, 2026

पूजा शर्माको ‘दान्भी’ असार ७ देखि प्रदर्शन हुने भयो

एउटै मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।

रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् ।

कुन्साङले यही फिल्मबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ । यस फिल्ममा पूजा एक्सन अवतारमा देखिदै छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया