कार्तिक ११, २०८३ बुधबार October 28, 2026

सौगात र बेनिशाको ‘सिटामोल’ को जापानमा प्रदर्शन अधिकारको सम्झौता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म ‘सिटामोल’ जापानका लागि ओभरसिज राइट्स बिक्री भएको छ ।

गरिमा फिल्म्सले यो फिल्मको जापान प्रदर्शन अधिकार किनेको हो । फिल्मलाई नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिअनुसार प्रदर्शन अधिकार बिक्री गरिएको जनाइएको छ । लेखक तथा निर्देशक राजबहादुर सानेले जापानमा प्रदर्शन अधिकार बिक्री भएको र अन्य देशबाट पनि फिल्म रिलिजका लागि प्रस्ताव आएको बताएका छन् ।

फिल्मको प्रदर्शन मिति भने केही दिनमा घोषणा गरिने उनको भनाई छ । फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ, जुन काठमाडौंमा खिच्ने तयारी गरिएको छ । माओवादी-सशस्त्र युद्धको समयको कथामा बनेको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भूमिका निभाएका छन् ।

सौगात र बेनिशाको फिल्म 'सिटामोल' को सकियो छायांकन :: सेतोपाटी कला ::  Setopati

तुलसी देवी फिल्मको प्रस्तुति रहेको फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला आदिको पनि अभिनय रहेको छ । बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । भुगोल कुमार कार्की निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार