कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बलिवुड अभिनेता सञ्जय दत्त वेलकम फ्रेन्चाइजको तेस्रो फिल्म ‘वेलकम टु द जंगल’ बाट बाहिरिएका छन् । उनले फिल्मको सुटिङ पनि सुरु गरिसकेका थिए तर अहिले स्वास्थ्य समस्याका कारण उनले फिल्म छाडेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

सञ्जय दत्त अब अक्षय कुमार, दिशा पटानी, ज्याकलिन फर्नान्डिस स्टारर फिल्म वेलकम टु द जंगलको हिस्सा नबन्ने भएका छन् । सञ्जय दत्तले स्वास्थ्य समस्याका कारण फिल्म छाडेको बताएको छ । सञ्जय दत्तले केही समयअघि फिल्मको सुटिङ मड आइल्याण्डमा सुरु गरेका थिए । उनले एक दिन मात्रै छायांकन गरेपछि फिल्म छाडेको बताइएको छ ।

सञ्जय दत्तको फिल्म ‘वेलकम टु द जङ्गल’मा केही एक्सन दृश्यहरु देखिने थियो तर स्वास्थ्य समस्याका कारण सञ्जयले एक्सन गर्न सकेनन् । निर्माताहरूले अब सञ्जय दत्तको प्रतिस्थापन गर्न शुरु गरेका छन् ।

डिसेम्बर २०२३ मा, अक्षय कुमारले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डल मार्फत फिल्म वेलकम टु द जंगलको घोषणा गरेका थिए । फिल्मको पोष्टर पनि सार्वजनिक गरिएको छ, जसमा स्टारकास्ट देखिएका छन् । पोस्टरका अनुसार फिल्ममा अक्षय कुमार, सुनील शेट्टी, सञ्जय दत्त, अरशद वारसी, दिशा पटानी, ज्याकलिन फर्नान्डिस, रविना टण्डन, लारा दत्त, राजपाल यादवको मुख्य भूमिका रहेको छ । फिल्मलाई अहमद खानले निर्देशन गर्दैछन् ।

२१ डिसेम्बर २०२३ मा अक्षय कुमारले सञ्जय दत्तसँग फिल्मको सुटिङ गरेका थिए ।

सञ्जय दत्तको वर्कफ्रन्टको बारेमा कुरा गर्दा, उनी तेलुगु फिल्म डबल स्मार्ट, कन्नड फिल्म, केडी-द डेभिल, पंजाबी फिल्म शेरन दी कम पंजाबी र हिन्दी फिल्म बापमा काम गरिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार