कार्तिक ११, २०८३ बुधबार October 28, 2026

पूजार सार्की र फर्की फर्की रिलिज

तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो ।

‘पूजार सार्की’ मा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ ।  यस फिल्मलाई राष्ट्रिय अवार्ड विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । सामाजिक विषयमा फिल्म बनाउने निर्देशक राउतले यसअघि ‘प्रसाद’ र ‘प्रकाश’ जस्ता फिल्म बनाएका थिए ।

सुवास भुसालको निर्माण रहेको फिल्ममा आर्यनको जोडी अञ्जना बराइलीसँग बाँधिएको छ भने प्रदीपको अपोजिटमा परीक्षा लिम्बूले अभिनय गरकी छन् । फिल्म अन्तरजातीय प्रेमको कथामा बनेको छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, शङ्कर आचार्य, प्रेम सुब्बा, सुभास गजुरेल, विद्या कार्की, बसन्त भट्ट लगायतको पनि अभिनय छ ।

त्यस्तै अनमोल केसी र जसिता गुरुङको प्रमुख भूमिका रहेको फर्की फर्की‘टाइम लुप’ को कथामा बनेको छ । यस फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । अनमोलका पछिल्ला फिल्मले बक्स अफिसमा राम्रो नगरेको अवस्थामा फर्की फर्की बक्स अफिसमा सफल हुनुपर्ने दबाब अनमोलमाथि रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार