श्रावण १९, २०८३ मंगलबार August 4, 2026

फिल्म ‘दान्भी’ को ट्रेलर सार्वजनिक, एक्सन अवतारमा पुजा (भिडियो)

अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शीर्ष भूमिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । अभिनेत्री पूजा शर्माले एक्सन भूमिका निर्वाह गरेको चलचित्रमा कुन्साङ बोन्जनको शीर्ष भूमिका रहेको छ ।

फिल्मलाई रूपेश तामाङले निर्देशन गरेका हुन भने देव मगर र अनुप गडाल निर्माता छन् । फिल्ममा रविना थापा मगरको कथा, संजोग कुँवर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाँकन र बन्द्रे प्रसादको सम्पादन छ ।

पूजाले दान्भीमा पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन् । फिल्म आगामी असार ७ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया