फागुण ३, २०८१ शनिबार February 15, 2025

चेपाङको जीवनीमा दीपेन्द्रले तयार गरे वृतचित्र ‘पचेडा’

‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कुनै समय म्युजिक भिडियोमा व्यस्त तथा सफल नाम बनेका दीपेन्द्र केसी पछिल्लो समय भिडियो निर्देशनमा सक्रिय छैनन् । फिल्मलाई गन्तव्य मानेर ओस्कार कलेजमा अध्यन गरेपछि उनले फिल्म निर्देशनको यात्रामा अगाडि बढ्दै डकुमेन्ट्री तयार गरेका छन् ।

‘कथा भित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन् । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णु बहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका छन् । चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन् ।

‘कुनै हरहर फिल्मको झल्को दिने भएता पनि यो वास्तविक कथा हो । वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको सङ्घर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु’, दीपेन्द्रले भने ।

फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । किनकि उनी आफैँ सन्तुष्ट हुनुपर्ने छ । उनले डकुमेन्ट्रीमा सन्तलाल चेपाङको कथा देखाएका छन् । उक्त कथालाई उनले तीन सेड्युलमा खिचेका थिए ।

‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पिडालाई नजिकबाट बुझ्न पाएँ’, दीपेन्द्र भन्छन्,‘मेरो ईच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन ।’

उक्त डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । उनकै बसाइरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँवस्तीमा खिचिएको छ । यसलाई निर्देशक दीपेन्द्रसँगै विनिता क्षेत्रीले निर्माण गरेका हुन् भने सह निर्मातामा बालकृष्ण खड्गी रहेका छन् । वृत्तचित्रको प्रदर्शनी सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी निर्माण कम्पनि देव डी प्रोडक्सनले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल क्यान्सर अस्पतालमा सार्कस्तरीय ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’
२०८१ फागुण ३, शनिबार
आज शनिबार : शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँईको राशिफल
२०८१ फागुण ३, शनिबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात हुने
२०८१ फागुण ३, शनिबार
जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण
२०८१ फागुण ३, शनिबार
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
पिएसबीले नागरिकको आवाज बोल्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
२०८१ फागुण ३, शनिबार
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
२०८१ फागुण २, शुक्रबार