कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चलचित्र पुजार सार्कीको हङकङमा प्रदर्शनी सुरु

चलचित्रले पहिलो दिन व्यापारमा नेपाली चलचित्रको नयाँ रेकर्ड बनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाल र विश्वका दुई दर्जन भन्दा बढी देशमा रिलिज भईसकेको चलचित्र पुजार सार्कीको हङकङमा भने आईतबार बेलुका मात्र प्रिमियर गरिएको छ ।

सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’लाई दर्शकले रुचाएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र प्रदर्शनका लािग आइतबार यो चलचित्रका अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बु, लेखक विकास सुवेदी त्यहाँ पुगेका थिए । चलचित्रले पहिलो दिन व्यापारमा नेपाली चलचित्रको नयाँ रेकर्ड बनाएका विकासले बताए ।

विकाश सुवेदीले भने, ‘हङकङमा पुजार सार्कीले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ । यसअघि यहाँ प्रायः सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी चलचित्र प्रदर्शन हुँदै आएको थियो भने हाम्रो चलचित्र अत्याधुनिक आइम्याक्स सिनेमा हलमा एकै दिन दुई शो प्रदर्शन भएको छ ।’

सुवेदीले व्यापारिक हिसाबमा पनि पुजार सार्कीले रेकर्ड कायम गरेको जनाए,‘यसअघि हङकङमा जारी चलचित्रले दर्शक ओरालेको रहेछ । यस पटक पुजार सार्कीमा व्यापक दर्शक आए।’ जारीको रेकर्ड पनि यो चलचित्रले तोडेको उनले दाबी गरे ।

राम्रो नेपाली चलचित्र रहेको खण्डमा संसारको जुनसुकै कुनामा भएता पनि दर्शकले स्वीकार गर्ने सुवेदीको कथन छ । पुजार सार्कीको व्यापार’bout उनले भने, ‘यहाँ दुई वटा हलमा चलचित्र प्रदर्शन भएकोमा दुई वटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किन बाध्य भए । हामीले चाहेर पनि देखाउन सक्ने स्थिति रहेन ।’ उनले फेरी अर्को शो को आयोजना गरेर बाँकी दर्शकलाई देखाउने बताए । नेपाली समुदाय बस नै रिजर्भ गरेर चलचित्र हेर्न आएको पनि सुवेदीले जनाए ।

व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले चलचित्र हेरेका थिए । चलचित्रका कलाकारहरूसँग बसेर चलचित्र हेर्न पाउँदा दर्शक दङ्ग देखिए । हङकङको लागि बिरेन थापा बिरेले यो चलचित्र प्रदर्शन अधिकार लिएका हुन् ।

दिनेश राउतले निर्देशक गरेको यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बुलगायतको मुख्य भूमिका छ । यसलाई सुवास भुसालले निर्माण गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार