बैसाख १९, २०८३ शनिबार May 2, 2026

अख्तियारको क्षेत्राधिकार बढाउने सम्बन्धि संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट हट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउने सम्बन्धि संशोधन विधेयक अन्ततः  राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइएको छ ।

अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उक्त विधेयक राष्ट्रिसभाको बैठकको कार्यसूचीबाट हटाइएको जानकारी दिए । विधेयकको चौतर्फी विरोध भइरहेकै बेला सोमबारको राष्ट्रिसभाको कार्यसूचीमा राखिएको थियो।

बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक पारित गरियोस् भन्ने उल्लेख गरिएको थियो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सो विधेयक अघि नबढाउने बताएका थिए । सत्तारूढ नेकपाको सचिवालय बैठकमा यसअघि विधेयकमाथि निजी क्षेत्रको विरोधका विषयमा छलफल भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया