असोज २९, २०८३ बिहिबार October 15, 2026

असन्तुष्ट पक्षको विरोधकाबीच नेविसंघको विधान पारित गरिदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ. । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेरहदका विषयमा विवाद भएपनि कांग्रेसले त्यसलाई लागू गर्ने तयारी गरेको छ ।

त्यसका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि मसिर १ गते बस्ने तयारी भएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यरुपमा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको विधान पारित गर्ने कार्यसूची रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेविसंघको वर्तमान कार्यसमितिको समयावधि गत भदौमा समाप्त भएर तीन महीना थप गरिएको समय पनि आगामी मंसिर २ गते सकिँदैछ । दुईवर्षे कार्यकालका लागि संघको ११औँ महाधिवेशन विसं २०७३ भदौ २ गते भएको थियो ।

बैठकले संघको विधान पारित गरी १२औँ महाधिवेशन तय गर्न आवश्यक निर्णय लिने पार्टी कार्यालयले जनाएको छ । कांग्रेस तदर्थ समिति बनाएर अधिवेशनका लागि अर्को समयसीमा तोक्ने तयारी पनि गरेको छ ।

३२ वर्षे उमेरहद लागू गरेपछि धेरै विद्यार्थी नेताहरु नेतृत्वमा जानबाट बञ्चित हुनेभएकाले त्यसको विरोध भएको छ । नैनसिंह महर नेतृत्वको नेविसंघको थपिएको कार्यकाल समेत सकिदा महाधिवेशनको कुनै तयारी हुन भने सकेन ।

संस्थापन पक्षले महाधिवेशन नगर्नेसोचका कारण काम नगरेको असन्तुष्ट पक्षको आरोप रहेको छ । यसबाहेक पार्टीको विधान संशोधन मस्यौदा सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले संघीयताअनुसार पार्टीका संरचना बनाउन महामन्त्री पूणबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री पत्नी काफ्लेको एपेन्डिसाइटिसको सफल शल्यक्रिया
२०८३ असोज २९, बिहिबार
नेपाली कांग्रेस १५औँ महाधिवेशन : खुला केन्द्रीय सदस्यको मतगणना अपडेट
२०८३ असोज २९, बिहिबार
म्यानचेस्टर सिटीका आर्थिक नियम उल्लंघनको सुनुवाइ जनवरीमा
२०८३ असोज २९, बिहिबार
शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला
२०८३ असोज २९, बिहिबार
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
२०८३ असोज २९, बिहिबार
विश्व हात धुने दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
२०८३ असोज २९, बिहिबार
च्याम्पियन्स लिग : रियलले रोमालाई हरायो, पीएसजीले सिटीलाई पछार्‍यो; लिभरपुल र भिल्ला पनि विजयी
२०८३ असोज २९, बिहिबार