वैशाख १२, २०८१ बुधबार April 24, 2024

नेपाल-चीनबीच सीमा विवाद छैनः मन्त्री ज्ञवाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीनबीच सीमा विवाद नरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विशेष समय लिएर उनले केही सञ्चारमाध्यमले नेपालको भू-भाग चीनले अतिक्रमण गरेको भन्ने ‘फेक न्यूज’ सम्प्रेषण गरेको भन्दै दुई देशको सम्बन्धलाई असर पर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।

उमन्त्री ज्ञवालीले दुई देशको सुमधुर सम्बन्धमा असर पार्ने सम्वेदनशील समाचार प्रकाशन नगर्न र भ्रमपूर्ण समाचार नछाप्न आग्रह गर्दै नेपाल-चीनबीच सीमासम्बन्धी कुनै पनि समस्या नभएको स्पष्ट पारेका हुन् । उनका अनुसार दुई देशबीच सीमासम्बन्धी शान्ति तथा मैत्री सन्धिमा संयुक्त रुपमा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, सगरमाथाको उचाई नापेर टुंग्याउन भने बाँकी छ । चीनले सगरमाथाको उचाई नापिसकेको र नेपालले पनि नापेर तथ्यांकलाई अन्तिम रुप दिने क्रममा रहेको खुलाए । दुवै देशबीच सुचना आदानप्रदान भई अन्तिम निष्कर्ष निकालिने बताए । चीनले चट्टानलाई गणना नगरेको र नेपालले हिउँ समेतलाई मानेर विगतमा निष्कर्ष निकालेको बताए ।

हरेक १०-१० वर्षमा सीमाको निरीक्षण गर्ने समेत सहमति भइरहेको जानकारी गराउँदै उनले तेस्रो पटकको सीमा निरीक्षणले सीमा सत्यता होस् भन्नका लागि भौगोलिक सीमा स्तम्भ राखिने निर्णय गरिएको बताए । पश्चिमतिर त्रिदेशीय विन्दुका विषयमा भने टुङ्ग्याउने तयारी भइरहेको उनले सदनमा जानकारी गराए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया