कार्तिक ११, २०८३ बुधबार October 28, 2026

‘अल्फा’ मा सुपर-एजेन्टको भूमिकामा आलिया

शिव रवैलले निर्देशन गरेको यो एक्सन थ्रिलर फिल्ममा आलिया भट्टसँगै ‘मुंजा’ स्टारर अभिनेत्री शर्वरी वाघ पनि देखिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बलिवुड अभिनेत्री आलिया भट्ट चाँडै यशराज फिल्म्सको आगामी स्पाइ थ्रिलर फिल्म ‘अल्फा’ मा देखिदै छन् । यस फिल्ममा आफ्नो स्पेशल लुकका लागि आलिया भट्टले पनि कडा प्रशिक्षण लिएकी छिन् । यस फिल्ममा आलिया यसअघिका उनका फिल्म भन्दा फरक रुपमा प्रस्तुत हुदै छन् । आलियाले ५ जुलाईबाट स्पाइ ब्रह्माण्ड फिल्म ‘अल्फा’ को सुटिङ सुरु गरेकी छिन् ।

अब आलियाको आगामी फिल्म ‘अल्फा’ को शुटिंग शुरु गरेपछि यसको चर्चा शुरु भएको छ । आलियाले ‘अल्फा’ मा पहिलेभन्दा फिट र हट देखिनका लागि चार महिनाको कडा प्रशिक्षण लिएकी छिन्, ताकि उनी यस फिल्ममा पहिलेभन्दा फरक र फिट देखिन सकोस् । यद्यपि, आलिया फ्यानहरूको नजरमा पहिलेदेखि नै एकदमै फिट र हट छिन् ।

शिव रवैलले निर्देशन गरेको यो एक्सन थ्रिलर फिल्ममा आलिया भट्टसँगै ‘मुंजा’ स्टारर अभिनेत्री शर्वरी वाघ पनि देखिनेछिन् । हालै आलिया, शर्वरी वाघ र फिल्ममेकर शिव रवैलले आफ्नो आगामी फिल्म ‘अल्फा’ सामाजिक सञ्जालमार्फत घोषणा गरेका थिए । आदित्य चोपडाले निर्माण गरेको चलचित्र ‘अल्फा’को छायांकन निरन्तर चलिरहेको छ ।

आलिया महिलाको प्रमुख भूमिका भएको यशराजको ‘जासूस’ को कथामा अल्फा बन्न लागेको छ । यसमा उनी एक सुपर-एजेन्टको भूमिकामा देखिनेछिन् । यसलाई शिव रवैलले निर्देशन गर्दैछन्, उनले यसअघि ‘द रेलवे मेन’ वेब सिरिज निर्देशन गरिसकेका छन् ।

यसअघि ‘रकी और रानी की प्रेम कहानी’ को अपार सफलता र ‘हार्ट अफ स्टोन’ बाट हलिउडमा डेब्यू गरेपछि आलियाले ‘जिगरा’ मा एक अभिनेता र निर्माताको रूपमा काम गरेकी थिइन् ।

आफ्नो आगामी फिल्म ‘जिगरा’ को पोस्ट प्रोडक्सनको काम भइरहेका बेला नायिकाले अर्को एक्सन थ्रिलर ‘अल्फा’ को छायांकन सुरु गरेकी छिन् । उनको फिल्म ‘जिगरा’ ११ अक्टोबर २०२४ मा रिलीज हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार