कार्तिक १५, २०८३ आइतबार November 1, 2026

धान रोप्‍ने मेसिन नचलेपछि कृषिमन्त्री भुसाल छोएर मात्रै फर्फिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः निकै तामझामका साथ यस वर्ष उदयपुरमा दुई मन्त्रीको उपस्थितिमा धान दिवस मनाइएको छ। सोही अवसरमा साहारा कृषि सहकारी लिमिटेड त्रियुगा नगरपालिका-१३ उदयपुरले मार्फत सुरु गरिएको चक्लाबन्दी खेतीकोसमेत उद्घाटन गरिएको छ।

बिहान ९ बजे धान रोप्ने गमवुट लगाएर पञ्चेबाजासहित कार्यक्रम स्थल पुगेका कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुसाल र प्रदेशका राज्यमन्त्री रामबहादुर रानाले मेसिनबाट धान रोपेर उद्घाटन गर्ने आयोजकको तयारी थियो। तर धान रोप्ने मेसिन ९राइस ट्रान्सप्लान्टर० नचलेपछि छोएर मात्र उद्घाटन गरे।

मन्त्री भुसालले मेसिन छेउमा गएर हेरेर चलाउन खोजे। मेसिनका प्राविधिकले मेसिन चलाए पनि मेसिनले धान रोपेन। मन्त्री भुसालले प्रविधिकलाई सोधे तर प्राविधिकहरुले पनि कुनै जवाफ दिन सकेनन्। त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी पनि मन्त्रीसँगै मेसिन छेउमा पुगे। तर मेसिनले धान रोप्न नसकेपछि त्यहीँबाट फर्केका थिए। मन्त्रीले मेसिनबाट धान रोपेको हेर्न आएकाहरु पनि मेसिन हेरेर फर्केका थिए।

यता चक्लाबन्दी खेतीका परामर्शदाता तथा सहयोगी संस्था समाजसेवी समुहका उदयपुर प्रमुख विनोद कार्कीले पानीको सन्तुलन नमिल्दा मेसिनबाट मन्त्रीले धान रोप्न नपाएको बताए। ‘मन्त्रीज्यूले जुन गह्रामा धान रोप्ने भन्नु भएको थियो,’ उनले भने, ‘त्यहाँ पानी कमी भएकाले मेसिन चलेन, अहिले अर्को गह्रामा त्यही मेसिनले धान रोपिरहेको छ।’

त्यस्तै मन्त्री भुसालले कृषि क्षेत्रमा समय सापेक्ष यान्त्रिकिकरण गर्न सके मात्र मुलुक समृद्ध बन्ने बताए। मन्त्री भुसालले कृषि क्षेत्रको आधुनिकिकरण गरी उत्पादनमा बृद्वि गर्न सके मात्रै मुलुकको आर्थिक विकासले नयाँ फड्को मार्ने यो खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया