काठमाडौंः एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटीलाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन्।

‘अजम्बरी’नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ। नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीको निर्देशन गरेका हुन्।
केही दिनअघि नेपाल आएको बेला उनले अहिलेका चर्चित मोडेलहरु आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भिडियोको छायांकन गरेका थिए। गीतको भिडियोमा एउटा विवाहित जोडीले २५ बर्षे बैबाहिक जीवनसम्म आइपुग्न माया प्रेमको लागि गरिएको त्यागलाइ देखाइएको छ।

बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको ‘अजम्बरी’ गीतको भिडियो लाइ गायक तुलसी सिवाकोटी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया