कार्तिक ११, २०८३ बुधबार October 28, 2026

लोकगायक एलपी जोशी रहेनन्

अस्ताए ‘कान्छी मट्याङट्याङ’का गायक जोशी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, साउन ११ गते । पूर्वका चर्चित लोकगायक एलपी जोशीको बिहीबार राति निधन भएको छ । बिहिवार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो ।

दमक –१ निवासी जोशीले  ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाउनुभएको छ । जुन गीत अहिले पनि कालजयी मानिन्छ ।

एल.पी.जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहनुभएको थियो । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए ।

उमेरले ४ दशक पार गरे पनि जोशी हालसम्म पनि विभिन्न स्टेज कार्यक्रममा समेत सहभागी रहँदै आउनुभएको थियो । गायनको साथमा नृत्य, चित्रकला, नाटक विधामा समेत पोख्त जोशीले केही चलचित्रमा योगदान गर्नुका साथै एउटा गीति कविता प्रकाशन गर्नुभएको छ ।

उहाँको शुक्रवार बिहान कनकाई माईमा अन्तिम संस्कार गरिएको छ । जोशी लामो समयदेखि सुगर र प्रेसरको बिरामी हुनुहुन्थ्यो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार