असार २३, २०८२ सोमबार July 7, 2025

हङकङमा नयाँ सुरक्षा कानुन लागु, उल्लंघन गरे आजीवन जेल बस्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः हङकङका लागि चीनले बनाएको नयाँ राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरे आजीवन जेल सजाँय हुने भएको छ। 

चीनले मंगलबार नयाँ सुरक्षा कानुन पारित गरेको छ । जसमा नयाँ सुरक्षा कानुन उल्लंघन गरेमा आजीवन जेल बस्नुपर्ने प्रावधान राखिएको छ । 

चीनले ल्याएको कानूनमा विखण्डन, आतंकवाद वा विदेशी शक्तिसँगको सहकार्यका कुनै पनि गतिविधिलाई आपराधिकरण गरी त्यसमा बेइजिङले हस्तक्षेप गर्न पाउने व्यवस्था छ ।

सोही कानूनलाई टेकेर चीनले हङकङमा आफ्नो सुरक्षा कार्यालय खोल्ने तयारी पनि गरेको छ । हङकङ सरकारले यस कानुनले देशद्रोह तथा आतंकवादको घटनालाई नियन्त्रण गर्ने बताएको छ।

यो कानुन चीनको संसदबाट पारित भइसकेको छ। कानुनले वैधानिकता पाउने अवस्थामा हङकङमा यस कानुनले स्वतन्त्रता खोसिने भन्दै आन्दोलन चर्किरहेको छ।हङकङको स्वायत्ततालाई बेवास्ता गर्दै चीनले आफ्नो शक्ति मजबुत पार्न नयाँ कानुन लादेको प्रजातन्त्र पक्षधरहरूको बुझाइ छ ।

यसप्रति चासो व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायले त्यहाँको स्वतन्त्रता संकुचित हुने भन्दै चिन्ता जनाएका छन् । यस कानुनअनुसार चीनको राष्ट्रिय गान र राष्ट्रिय झण्डालाई अपमान गर्ने कार्य गरिए अपराध ठहरिनेछ। एससीएमपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया