कार्तिक ११, २०८३ बुधबार October 28, 2026

डब्बु र नारायणको ‘तिमीलाई नै’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राजधानीकर्मी तथा गीतकार डब्बु क्षत्रले आफ्नो रचनामा नयाँ गीत तिमीलाई नै…को भिडियो सार्वजनिक गरेका छन् । केही वर्षअघि रेकर्ड भएर गीतिसँग्रह अजम्बरी समेटिएको यो गीतको भिडियो यतिबेला तयार गरेर दर्शकमाझ ल्याईएको हो । भिडियोलाई ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तिमीलाई नै…लाई सिन्धुलीका गायक नारायण थापाले गायका हुन् । गीतमा संगीत पनि नारायणकै छ । थापा गायकको रुपमा लोकप्रिय भए पनि उनी बेला बेलामा संगीत सृजना पनि गर्छन । गीतलाई म्युजिक किचनमा रेकर्डिङ गरिएको हो । जसमा राजेन्द्र बजगाईको संगीत संयोजक र मनोज परियारको मिक्सिङ रहेको छ ।

यो गीतको भिडियोमा अभिनेता यसराज गराच र कलाकार तथा मोडल प्रतीक्षा काफ्लेको अभिनय छ । उनीहरु भिडियोमा रोमान्चित देखिएका छन् । भिडियोलाई सर्लाहीको भरतताल लगायत विभिन्न रमणीय स्थालमा छायाँकन गरिएको छ । जसमा बीरेन्द्र भाट विपिनको सम्पादन, शर्मिला बुढाथोकीको मेकअप, प्रविण सुवेदीको छायाँकन, कृष्ण रसालले कोरियोग्राफी र गीतकार डब्बु क्षत्रीकै निर्देशन रहेको छ ।

गायक नारायण थापाले आफ्नो पहिलो गीतिसँग्रह अजम्बरीमा यो गीत समेटेका थिए । संग्रहमार्फत उनले यो गीतलाई यसअघि नै ल्याए पनि यसको म्युजिक भिडियो भने बनाएका थिएनन् । सोही गीत यतिबेला भिडियोको रुपमा दर्शकमाझ आएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
PM Balendra Shah Visits Rabi Lamichhane’s Residence for Lengthy Talks
२०८३ कार्तिक ११, बुधबार
दीपेन्द्रको विस्फोटक अर्धशतकमा सुदूरपश्चिम रोयल्सको पहिलो जित
२०८३ कार्तिक ११, बुधबार
एन्फा घोटाला प्रकरण : अध्यक्ष र महासचिवलाई जनही ५ लाख धरौटीमा छाड्न आदेश
२०८३ कार्तिक ११, बुधबार
शिक्षामन्त्री पोखरेलसँग स्वीट्जरल्याण्डका राजदूत ड्यानीएलको शिष्टाचार भेट
२०८३ कार्तिक ११, बुधबार
मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
२०८३ कार्तिक ११, बुधबार
सरकार बेलगाम फाँसीवादतर्फ अग्रसर भइरहेको अध्यक्ष ओलीको गम्भीर आरोप
२०८३ कार्तिक ११, बुधबार
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार