बैसाख १९, २०८३ शनिबार May 2, 2026

सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै दुबै सदनको बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै  प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।

२०७४ सालमा नेपाली काँग्रेसको तर्फबाट समानुपातिकबाट निर्वाचित छन्त्यालको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो । मुटुसम्बन्धि रोगबाट पीडित उहाँको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको हो ।

बाग्लुङको तमानखोला -५ मा जन्मिएकी छन्त्याल ढोरपाटन नगरपालिका १ बुर्तिवाङमा बस्दै आउनुभएको आएकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि प्रसाद सापकोटाले बताए ।

यस्तै राष्ट्रियसभा बैठक पनि छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बैठकले शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया