असार १४, २०८३ आइतबार June 28, 2026

राजनीतिक दलसम्म अध्यादेश ल्याउने तयारीमा प्रधानमन्त्री ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले संसदको चालू अधिबेशन आजैदेखि अन्त्य गर्न सिफारिस गरेपनि राजनीतिक माहेल थप तातेका छ । संसद अधिबेशन अन्त्य गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउन लागेको नेकपाकै नेताहरुले आँकलन गरेका छन् ।

यसअघि पनि उनले राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याएका थिए । चर्काे आलोचना भएपछि फिर्ता भएको थियो । पार्टी फुटाउन सहज हुने गरी अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धि ऐन संशोधन गरिएको थियो ।

आफूलाई राजिनामा दिन बाध्य बनाए पार्टी फुटाउने ओलीको तयारी रहेको स्रोत बताउँछ । संसद अधिबेशन आकस्मिक रुपमा अन्त्य गर्नुले त्यसको संकेत मिलेको छ । उनी निकट एक समूहले नेकपा(एमाले) दर्ताका लागि निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइसकेको छ । दृष्टिबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया