असार ७, २०८३ आइतबार June 21, 2026

प्रधानमन्त्री ओलीलाई भेटेर मुकुल ढकालले दिए प्रदेश खारेज गर्न सुझाव (पत्र सहित)

प्रधानमन्त्रीलाई मुकुल ढकाल दिए १५ बुँदे सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २८ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझाव दिएका छन्।

ढकालले सोमबार प्रधानमन्त्री ओलीलाई सरकारी निवाश बालुवाटारमा भेटेर १५ बुँदे सुझाव पत्र हस्तान्तरण गरेका हुन्।

देशका ३८ वटा जिल्लाको समीक्षा यात्रामा आफूले देखेका विभिन्न विषयहरूलाई समेटेर सुझाव पेस गरेको ढकालले बताएका छन्।

जसमा प्रशासन सुधारदेखि न्यायालय सुधारसम्मका सुझाव समेटेएिका छन्। ढकालले संविधान संशोधनको सवालमा भने उनले केही नसोचिकन प्रदेश खारेज गर्न भनेका छन्। उनले अहिले जनतामा प्रदेश संरचानलाई लिएर व्यापक निराशा र चिन्ता रहेको दाबी गरेका छन्।

यस्तै, जिल्ला समन्वय समिति खारेज र उपराष्ट्रपति पद पनि खारेज गर्न भनेका छन्। डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।

अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन्।

यस्तो छ सुझाव:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया