काठमाण्डौः फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले राजीनामा दिएका छन् ।
फिलिपले शुक्रबार एक विज्ञप्ति जारी गरी राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन् ।
एडवार्ड फिलिपले बुझाएका पत्रमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अनुमोदन गरिसकेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले के कारणले राजीनामा दिए भन्ने कुरा खुलेको छैन् ।
नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म सरकारको काम राष्ट्रपति कार्यालयले सम्हाल्ने बताएका छन् । राष्ट्रपति कार्यालयको अनुसार केही घण्टामा नयाँ प्रधानमन्त्रीको नियुक्त गरिनेछ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया