कार्तिक ४, २०८३ बुधबार October 21, 2026

बस र ट्रेन जुध्दा पाकिस्तानमा २० जना तिर्थयात्रीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: पाकिस्तानमा एउटा यात्रुबाहक बसलाई शुक्रबार बाटो काट्नेक्रममा ट्रेनले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २० जना सिख तिर्थयात्रीको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएको उद्धारकर्मी एवं प्रहरीले बताएका छन् ।

यात्रुबाहक बसमा पाकिस्तानको पंजाबस्थित नानकाना साहिबबाट फर्कदै गरेका सिख तिर्थयात्री रहेको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् । उक्त बस रेलको लिक पार गर्नेक्रममा दुर्घटनामा परेको थियो ।

स्थानीय प्रहरीका अनुसार कराँचीबाट लाहोरतर्फ गइरहेको शाह हुसेन एक्सप्रेस ट्रेनले फारुकाबाद रेल्वे स्टेशन नजिक यात्रुबाहक बसलाई दिउँसो करिब १.३० बजे ठक्कर दिएको थियो ।

पाकिस्तानी अखबार दी डनका अनुसार दुर्घटनामा अरु ८ जना गम्भीर घाइते भएका छन् । घाइतेहरु सबैलाई शिखपुरास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ । पाकिस्तानी रेल्वे मन्त्रालयले उक्त दुर्घटना शिखपुरा नजिकै भएको र मन्त्रालयले अनुसन्धान शुरु गरिसकेको जनाएको छ । बसमा करिब २५ जना यात्रारत थिए । उक्त बसका यात्रीहरु पेशावरतर्फको यात्रामा थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो
२०८३ कार्तिक ४, बुधबार
विदेशमा रहेका नेपालीका लागि दसैँको टीका साइत सार्वजनिक, कुन देशमा कहिले ?
२०८३ कार्तिक ४, बुधबार
आज बिजयादशमी : टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने
२०८३ कार्तिक ४, बुधबार
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
२०८३ कार्तिक ४, बुधबार
आज बुधबार : कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस राशिफल
२०८३ कार्तिक ४, बुधबार
सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको खोजी जारी
२०८३ कार्तिक ४, बुधबार
मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दशैँको टीका र जमरा लगाइदिने
२०८३ कार्तिक ३, मंगलबार