कार्तिक ११, २०८३ बुधबार October 28, 2026

फिल्म ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ०१ भाद्र । आगामी असोज १७ गते अर्थात् घटस्थापनबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत ‘छड्के सलाम’ सार्वजनिक गरिएको छ ।

यस फिल्मको ‘बिहे गर्ने कि नगर्ने ?’ र ‘उडायो मन’ गरी दुई गीत सार्वजनिक भइसकेका छन् ।

जयन जे वाइबाको शब्द रचना तथा संगीत रहेको गीतमा कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको पार्श्व गायन छ । प्रदीप लामा र रेविका खत्रीको कोरियोग्राफीमा तयार भएको गीतमा निश्चल र स्वस्तिमासहितका कलाकारहरुको नृत्य रहेको छ ।

साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

यो फिल्ममा नरेन्द्र मैनालीको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा, केवीका खत्री र शेखर घर्ती मगरको कोरियोग्राफी एवं जयन जे वाइबा र कुशल पोखरेलको संगीत छ ।

भिडियो हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार
नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा
२०८३ कार्तिक ११, बुधबार
‘लालिबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो ५ करोड भ्युज
२०८३ कार्तिक ११, बुधबार
नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
२०८३ कार्तिक ११, बुधबार
‘अर्नब’को सम्भावित प्रभाव : उडान सुरक्षा, धावनमार्ग र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन
२०८३ कार्तिक ११, बुधबार
चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने
२०८३ कार्तिक ११, बुधबार
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार