भाद्र २७, २०८३ शनिबार September 12, 2026

राखेपमा सदस्य-सचिव लगायत पदाधिकारी नयाँ प्रक्रियाबाट नियुक्ति गरिदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य-सचिवमा पनि नयाँ नियुक्त हुने भएको छ । नयाँ खेलकुद विकास ऐन बिहीबारबाट लागु भएसँगै सदस्य-सचिव रमेशकुमार सिलवालसँगै राखेपका सबै पदाधिकारी कार्यालय आउन छाडेका थिए ।

नयाँ ऐनअनुसार राखेपमा सदस्य-सचिवलगायत पदाधिकारी नियुक्ति गरिने युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार यसका लागि अब नयाँ प्रक्रिया थालिनेछ । खेलकुदका अन्य काम कारबाही २०४८ को ऐन अनुसारै हुने भए पनि पदाधिकारीको नियुक्तिका हकमा भने नयाँ ऐन लागु हुने उल्लेख छ ।

नयाँ ऐनअनुसार सदस्य-सचिव नियुक्तिको प्रक्रिया अघि बढ्ने र नियुक्तिका लागि मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ । समितिबाट प्रस्तावित नामलाई मन्त्रालयले नियुक्तिका लागि मन्त्रिपरिषदमा पेस गर्नेछन् । जसबाट उपयुक्त लागेको व्यक्ति चार वर्षका लागि राखेपको सदस्य-सचिवमा नियुक्त गरिनेछ ।

नयाँ ऐनमा सदस्य-सचिवका लागि योग्यतासमेत तोकिएको छ । सदस्य-सचिव हुन मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको नेपाली नागरिक, खेलकुद क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर नाघेको हुनेपर्ने योग्यता तोकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यमनका सरकारी फौजद्वारा लाल सागरको सहरमा हुथीहरूमाथि प्रहार
२०८३ भाद्र २७, शनिबार
इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने
२०८३ भाद्र २७, शनिबार
भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बास
२०८३ भाद्र २७, शनिबार
भोटेकोशी बाढी : १ हजार ३ सय ८४ जनाको शव फेला
२०८३ भाद्र २७, शनिबार
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल
२०८३ भाद्र २७, शनिबार
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
२०८३ भाद्र २७, शनिबार
प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
२०८३ भाद्र २७, शनिबार