कार्तिक ११, २०८३ बुधबार October 28, 2026

वृत्तचित्र फिल्म ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ को विशेष प्रदर्शनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १० भदौ । गन्जला चुलीमा २७ जना महिलाको उल्लेखनीय आरोहणलाई चित्रण गर्दै वृत्तचित्र फिल्म ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ छायासेन्टर ठमेलमा आयोजित विशेष कार्यक्रममा देखाइएको छ । सोमबार विश्व समावेशी साहसी संस्थाको आयोजनामा भएको कार्यक्रममा सीमान्तकृत पृष्ठभूमिबाट आएका महिलाहरुको प्रेरणादायी यात्रालाई प्रस्तुत गरिएको थियो ।

३४ मिनेटको वृत्तचित्रले दक्षिण-पूर्वी मोहडाबाट पहिलो पटक गन्जला चुली छुने प्रयासमा अनुभवी सगरमाथा आरोही माया गुरुङ र उनको टिमले गरेको प्रयासको वर्णन गरिएको छ । वृत्तचित्रले काठमाडौंसँग जोडिएको सिन्धुपाल्चोक जिल्लाका महिलाहरूले सामना गर्नुपरेका कठिन चुनौती र विजयलाई चित्रण गरेको छ ।

वृत्तचित्र प्रर्दशनीपछि सिन्धुपाल्चोक वरपरका हिमाल र माया गुरुङको पर्वतारोहणमा भइरहेको प्रयासका बारेमा चर्चा गरिएको थियो । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले दिगो पर्यटन, वातावरण संरक्षण र महिला सशक्तिकरणमा गुरुङको योगदानको प्रशंसा गरेका थिए । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राणाले वृत्तचित्रले राष्ट्रको अवस्थाप्रति निराश बन्दै गएका नेपाली युवाका लागि आशा र प्रेरणाको ज्योति बनेको उल्लेख गर्दै पर्यटनमा महिला रोजगारीको महत्वलाई जोड दिएका थिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, पाँचपोखरी थाङपाल गाउँपालिकाका उपप्रमुख सुनिता अधिकारी, प्रा. चिरन्जीवी खनाल, मोहन श्रेष्ठ, प्रदिप कुमार उदय, हरि थापा, प्रदिप पोखरेल, ओमकृष्ण प्रसाईं, उत्तम केसी, सुमन रिमाल, माधवप्रसाद तिवारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आरोहीहरुको उपलब्धि मात्र नभई नेपालमा महिला सशक्तीकरण र पर्वतारोहणका लागि उनीहरुले गरेको व्यापक प्रयासको प्रशंसा गरिएको थियो । नेपाल पर्वतारोहण संघले गन्जला चुली आरोहण गर्ने महिला आरोहीहरुलाई उनीहरुको उपलब्धिको कदर गर्दै प्रमाणपत्र प्रदान गरेको थियो ।

यस वृत्तचित्रलाई अनुभवी फिल्मकर्मी लव प्याकुरेलले निर्देशन र सम्पादन गरेका हुन् । उनले यो वृत्तचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र अन्य सान्दर्भिक मञ्चमा प्रदर्शन गर्ने योजना रहेको बताए । रमेश धमला, देवु राजवंशी र मनमाया तामाङको छायाङ्कन रहेको वृत्तचित्रमा भिएफएक्स मानबहादुर थापा र कलर ग्रेडिङ अच्युत बजगाईले गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा कम्तीमा ६२ जनाको मृत्यु
२०८३ कार्तिक ११, बुधबार
नेपाली सेनाको सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख उडान घण्टा
२०८३ कार्तिक ११, बुधबार
‘लालिबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो ५ करोड भ्युज
२०८३ कार्तिक ११, बुधबार
नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
२०८३ कार्तिक ११, बुधबार
‘अर्नब’को सम्भावित प्रभाव : उडान सुरक्षा, धावनमार्ग र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन
२०८३ कार्तिक ११, बुधबार
चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने
२०८३ कार्तिक ११, बुधबार
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार