माघ १३, २०८२ मंगलबार January 27, 2026

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को टिजर सार्वजनिक

टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा) लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् ।गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ । वुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ ।

प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै सुरु हुन्छ । त्यसपछि विजय आफूले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन् । आफ्नो स्टकोट काटेर छोरालाई भोटो सिलाएको, काँधमा बोकेर स्कुल पुर्याउने गरेको, अरुको घरघरमा पुगेर सारङ्गी गाउँदै हिँडेर छोरालाई पढाएको, आफूले गाउँ छोड्न नपाए पनि छोरो सहर गएर सफलता पाओस भनेर कल्पना गरेको सम्झिन्छिन् ।

प्रकाशले सहरबाट फर्किएपछि बुवाले छोडेर गएर सारङ्गी जतनले  खोल्दै बुवाले काँधमा बोकेर हिँड्ने गरेको सम्झिन्छन् । अरुको अगाडि शीर झुकाउनु नपर्नेगरी पढाउने बुवाले गरेको प्रतिबद्धतासँगै टिजर सकिन्छ ।

एक मिनेट ५० सेकेन्ड लामो टिजरले अभिभावकले आफ्नो सन्तानको प्रगति र खुसीका लागि गर्ने त्याग र संघर्ष तथा त्यसले दिने उपलब्धी समेटेको छ ।

‘पूर्णबहादुरको सारङ्गी एक विपन्न बुवाको आफ्नो सन्तान प्रतिको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो । यही आउँदो बुवाको मुख हेर्ने दिनलाई मध्यनजर गर्दै हामीले तमाम बुवाहरूलाई उहाँहरूको सङ्घर्षलाई समर्पित गर्दै हामीले यो सानो टिजर सार्वजकि गरेका हौं,’ निर्माता विनोद पौडेलले भने ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय र प्रकाशसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् ।

यो फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद पौडेल र प्याट्रिक सुवेदी लगानी रहेको फिल्माका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् पुनःस्थापना रिटमा माघ २० मा पेसी तोकिएको हल्ला असत्य : सर्वोच्च
२०८२ माघ १३, मंगलबार
दादुरा सङ्क्रमित क्षेत्रमा खोप अभियान सुरु, तीन हजार ५४५ जनाले खोप लगाए
२०८२ माघ १३, मंगलबार
पार्टी अनुशासन पालना गर्दै आधिकारिक उम्मेदवारलाई सघाउन कांग्रेसको अपिल
२०८२ माघ १३, मंगलबार
तेइस सदस्यीय नेपाली राष्ट्रिय महिला फुटबल टोली घोषणा
२०८२ माघ १३, मंगलबार
रवि लामिछाने शिक्षण अस्पतालमा भर्ना
२०८२ माघ १३, मंगलबार
इरान–अमेरिका तनाव चुलिँदै, हिंसात्मक प्रदर्शनलाई लिएर आरोप–प्रत्यारोप
२०८२ माघ १३, मंगलबार
अस्पतालबाटै शव साटिएको घटना छानबिन गर्न समिति गठन
२०८२ माघ १३, मंगलबार